site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रश्न उठेकाले राजीनामा दिएँ : बाँस्कोटा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले राजीनामा दिएको जानकारी गराएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजनिामा दिएको जानकारी गराउँछु । धन्यवाद,” उनले भनेका छन् ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएको बताएका थिए ।

Global Ime bank

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा अनियमितता भएको भन्दै मन्त्री बर्खास्त नगरेसम्म संसद चल्न नसक्ने अडान राखेपछि सभामुख सापकोटाले यसबारे जानकारी गराएका थिए ।
सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा कमिसन मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटामाथि राजीनामा दिन दबाब परेको थियो । बाँस्कोटाले बुधबार ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC