साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ले केही हलमा आमालाई लिएर फिल्म हेर्न गए आमाको टिकटको पैसा नलिने जनाएको छ ।
यो अफर सबै हलमा भने लागु हुने छैन । जय नेपाल हलमा बिहान ११ः ४५, क्युज सिनेमामा विहान १०ः ४५ र कुमारी हलमा बिहान साढे ८ बजेको सोमा सन्तानका साथमा जाने आमाको टिकटको पैसा नलिने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।
हस्पिटल ड्रामा चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् ।
हस्पिटल ड्रामा ‘आमा’ दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको छ । चलचित्र ‘आमा’ भाेली अल नेपाल रिलिज हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६ १३:१९
प्रतिक्रिया दिनुहोस्