देश
काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा साधुसन्तको घुइँचो लागेको छ । भोलि (शुक्रबार) मनाइने शिवरात्रिका लागि नेपाल तथा भारतका विभिन्न क्षेत्रका बाबा आएका हुन् ।
यहाँ आएका साधुसन्तका लागि फाल्गुन कृष्ण एकादशीदेखि औंसीसम्म धुनीका लागि दाउरा, खाना र बिदाइका बेला दक्षिणा दिने परम्परा छ । उनीहरुको धुनी, खाना र बासको व्यवस्थापन पशुपति विकास कोषले गर्दै आएको छ । पशुपति आएका साधुसन्त आ-आफ्नो सम्प्रदाय अनुसारका अखडामा बस्छन् । कोषका अनुसार पशुपति क्षेत्रमा करिब तीन हजारभन्दा बढी साधुसन्त, चार सयभन्दा बढी नागाबाबा आइसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६ ११:५८
प्रतिक्रिया दिनुहोस्