site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
कोरोनाका कारण चिनियाँ फिल्म निर्देशकसहित परिवारकै मृत्यु
Sarbottam CementSarbottam Cement

एजेन्सी । चिनियाँ फिल्म निर्देशक छाङ काइ, उनकी बहिनी, आमा र बुवागरी पत्नीबाहेक परिवारका सबैको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कारोनाको हाइ–प्रोफाइल मृत्युको यो सबैभन्दा पछिल्लो घटना हो । उनीहरु भाइरसको एपिसेन्टर वुहान शहरमा घरभित्रै क्वारेन्टाइन्ड अवस्थामा बसिरहेका थिए । 

५५ वर्षीय काइको १४ फेब्रुअरीका दिन मृत्यु भएको चिनियाँ म्यागजिन केइसिनले रिपोर्ट गरेको छ । उनका आमाबुवाको भने दुई हप्ता अगाडि मृत्यु भएको थियो । त्यस्तै बहिनीको चाहिँ काइको मृत्युको केही घण्टा पछि ज्यान गएको बताइएको छ । हाल उनकी श्रमती पनि गम्भीर अवस्थामा छिन् । उनका एक मात्र छोरा भने लन्डनमा रहेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वुहान र आसपासका क्षेत्रमा अन्य ठाउँ भन्दा मृत्युको दर बढी रहेको पाइएको छ । त्यहाँका धेरै बिरामीहरुले अस्पतालमा बेड पाउन कठिन भएको गुनासो गर्दै आइरहेका छन् । सरकारले नयाँ भवनहरु निर्माण गरेतापनि बिरामीको सङ्ख्या क्षमता भन्दा बढी पुगेकाले पनि यस्तो भएको हो । कतिपय बिरामीहरु भने इन्टेस्भि केयरमा रहँदारहँदै पनि मृत्यु भएको छ जसमा पहिलोपटक कोरोनाबारे खबर गर्ने डाक्टर पनि पर्दछन् । त्यस्तै एक वातावरण कार्यकर्ता र उनकी पत्नीको पनि कोरोनाका कारण मृत्यु भएको अनुमान गरिएको छ तर उनीहरुको स्वास्थ्य परीक्षण नगरिएको हुँदा रोग पुष्टि हुन नसकेको बताइएको छ । मंगलबार नै वुहानको अस्पतालकै निर्देशकको मृत्युको खबर पनि बाहिर आएको थियो । 

विश्व स्वास्थ्य संगठनले कोरोनाका पाँच मध्ये चारजना बिरामीमा सामान्य लक्षण मात्र देखा पर्ने बताएतापनि २० प्रतिशतमा भने गम्भीर लक्षण देखिने गरेको पाइएको छ । यसमा साधारण लक्षण भएकाहरुलाई सरकारले पहिले घरैमा क्वारेन्टाइन्ड भएर बस्नु भनेर दिएको सुझावका कारण पनि पूरै पििरवारमा संक्रमण फैलिरहेको सम्बन्धी चिन्ता व्यक्त गरिएको छ । 

Global Ime bank

यसरी निर्देशक काइले मृत्युको मुखमा रहँदा आफ्ना सबै इष्टमित्र र आफन्तहरुलाई अन्तिम सन्देश पठाएको र लन्डनमा हुने छोरालाई पनि धेरै याद र माया पठाएका थिए । घरैमा क्वारेन्टाइन्ड भएर बस्नुले कतिपय अवस्थामा गम्भीर लक्षण भएकालाई उपचार विहिन स्थितिमा राखि, पूरै परिवार र समदुयालाई समेत जोखिममा पारिरहेको साइसिनको रिपोर्टमा ‘हुआजोङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी’ का प्रोफेसर छेन बोले बताएका हुन् । हालसम्म कोरोनाका कारण १,८७५ जनाको मृत्यु भएको छ भने ७३ हजार भन्दा धेरै संक्रमित भएको बताइएको छ ।  –द गार्जियन
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  ०४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC