site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चिनियाँ फिल्म निर्देशकको परिवारका चार सदस्यको कोराेनाबाट मृत्यु
Sarbottam CementSarbottam Cement

एजेन्सी । चिनियाँ फिल्म निर्देशक छाङ काइकी पत्नीबाहेक परिवारका सबै सदस्यको कोरोनाका कारण मृत्यु भएको छ । कारोनाको हाइ–प्रोफाइल मृत्युको यो सबैभन्दा पछिल्लो घटना हो । उनीहरू भाइरसको एपिसेन्टर वुहान सहरमा घरभित्रै क्वारेन्टाइन अवस्थामा थिए । 

५५ वर्षीय काइको १४ फेब्रुअरीका दिन मृत्यु भएको चिनियाँ म्यागजिन केइसिनले रिपोर्ट गरेको छ । उनका आमाबुवाको भने दुई साता अगाडि मृत्यु भएको थियो । त्यस्तै बहिनीको काइको मृत्युको केही घण्टापछि भएको बताइएको छ । हाल उनकी श्रीमती पनि गम्भीर अवस्थामा छन् । उनका एक मात्र छोरा भने लन्डनमा रहेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वुहान र आसपासका क्षेत्रमा मृत्युको दर बढी रहेको पाइएको छ । त्यहाँका धेरै बिरामीले अस्पतालमा बेड पाउन कठिन भएको गुनासो गर्दै आइरहेका छन् । सरकारले नयाँ भवन निर्माण गरे तापनि बिरामीको सङ्ख्या क्षमताभन्दा बढी पुगेकाले पनि यस्तो भएको हो ।

कतिपय बिरामी भने इन्टेस्भ केयरमा रहँदारहँदै पनि मृत्यु भएको छ जसमा पहिलोपटक कोरोनाबारे खबर गर्ने डाक्टर पनि पर्छन् । त्यस्तै एक वातावरण कार्यकर्ता र उनकी पत्नीको पनि कोरोनाका कारण मृत्यु भएको अनुमान गरिएको छ तर उनीहरुको स्वास्थ्य परीक्षण नगरिएको हुँदा रोग पुष्टि हुन नसकेको बताइएको छ । मंगलबार नै वुहानको अस्पतालकै निर्देशकको मृत्युको खबर पनि बाहिर आएको थियो । 

Global Ime bank

विश्व स्वास्थ्य संगठनले कोरोनाका पाँचमध्ये चारजना बिरामीमा सामान्य लक्षण मात्र देखा पर्ने बताए तापनि २० प्रतिशतमा भने गम्भीर लक्षण देखिने गरेको पाइएको छ । यसमा साधारण लक्षण भएकाहरुलाई सरकारले पहिले घरैमा क्वारेन्टाइन भएर बस्नु भनेर दिएको सुझावका कारण पनि पूरै परिवारमा संक्रमण फैलिरहेको छ । 

यसरी निर्देशक काइले मृत्युको मुखमा रहँदा आफ्ना सबै इष्टमित्र र आफन्तहरुलाई अन्तिम सन्देश पठाएको र लन्डनमा हुने छोरालाई पनि धेरै याद र माया पठाएका थिए ।

घरैमा क्वारेन्टाइन्ड भएर बस्नुले कतिपय अवस्थामा गम्भीर लक्षण भएकालाई उपचारविहीन स्थितिमा राखी, पूरै परिवार र समुदायलाई समेत जोखिममा पारिरहेको साइसिनको रिपोर्टमा ‘हुआजोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’ का प्रोफेसर छेन बोले बताएका हुन् ।

हालसम्म कोरोनाका कारण १ हजार ८७५ जनाको मृत्यु भएको छ भने ७३ हजारभन्दा धेरै संक्रमित भएको बताइएको छ ।  –द गार्जियन
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC