site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सिर्जनामाथि स्रष्टाको अधिकार हुन्छ । यस्तो अधिकार रक्षा गरिदिने दायित्व भने राज्यको हो । राज्यले अधिकारको रक्षा नगर्ने हो भने स्रष्टाले सिर्जनामा भन्दा बढी समय मुद्दा मामिलामा बिताउनुपर्ने हुन्छ । त्यस्तो समाजमा स्रष्टा निराश हुन्छन् र सिर्जना शिथिल बन्छ । नेपाली समाजमा अहिले यस्तै अवस्था देखिएको छ । आफ्ना सिर्जना विनाअनुमति प्रयोग गरिएकोमा असन्तुष्ट केही नेपाली स्रष्टाहरू मुद्दा हाल्ने तयारीमा लागेका छन् । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा मुद्दाका लागि फाइल पुगिसकेको जानकारी उनीहरूले दिएका छन् । सहमतिको प्रयास गर्दा पनि अनधिकृतरूपमा सिर्जना प्रयोग गर्नेहरूले नै उल्टै उपेक्षा गरेको गुनासो स्रष्टाहरूले गरेका छन् । यथार्थमा स्रष्टाहरूले अधिकार रक्षाका लागि आफैँ अग्रसर भएर मुद्दा गर्नुपर्ने अवस्था राज्य र समाजको क्षयोन्मुख चरित्रको परिचायक हो । सत्ताधारीहरूलाई त यस्तो अवस्था लाजमर्दो हुनुपर्ने ! 

सिर्जनामाथिको स्रष्टाको अधिकार रक्षाका लागि संसारभर बेलाबखत मुद्दामामिला हुन्छ । तर, यसरी समुच्चारूपमै स्रष्टा व्यक्तिले मुद्दा गर्नुपर्ने अवस्था भने बिरलै देखिन्छ । राज्यको संयन्त्र कमजोर र गैरजिम्मेवार नभए सायद यस्तो अवस्था उत्पन्न हुने पनि थिएन । व्यवसायीहरूले पनि स्रष्टालाई रिझाएर नाफा कमाउन खोज्नुपर्ने हो । यसैपनि अरूको सम्पत्ति विनाअनुमति विक्रीवितरण गर्नु चोरी गरेसरहकै अपराध हो । सामान्य वस्तुको चोरीसमेत सरकारवादी हुन्छ । घटनाको जानकारीपछि प्रहरीले खोजतलास गर्छ । सिर्जनाको चोरीलाई त झन् विशेषरूपले व्यवहार गर्नुपथ्र्यो । दुर्भाग्य, सरकारी संयन्त्रकै उदासीनताका कारण स्रष्टाहरू सिर्जना छाडेर अदालत धाउनुपर्ने विडम्बना उत्पन्न भएको छ । राज्यले संरक्षण गरिदिन्छ भनेर ढुक्क हुन पाए स्रष्टाहरू सिर्जनामै तल्लीन हुन्थे होलान् । 

बौद्धिक सम्पत्तिको सम्मान गर्ने संस्कृतिको निर्माण तथा अभ्यास नहुँदासम्म कुनै पनि समाज सभ्य र समृद्ध बन्न सक्तैन । प्रतिव्यक्ति आय वा फराकिला सडकलाई मात्र सम्पन्नताको सूचक मान्ने भौतिकवादी दृष्टिमा सिर्जनाको मूल्य नदेखिए पनि अन्ततः कालजयी सम्पदा त कलात्मक सिर्जना नै हो । संसारका लाखौं अर्बपतिहरू इतिहासको धुलोमा पुरिएर जान्छन् तर स्रष्टाहरूको चमक हजारौं वर्षसम्म पनि मधुरो हुँदैन । कालीदासदेखि होमरसम्मका स्रष्टाहरूको महिमा आज पनि उत्तिकै गाइन्छ । अहिले  गीत संगीतसँग सम्बद्ध गीतकार, गायक, संगीतकार जस्ता विधाका स्रष्टाहरू अधिकारको खोजीमा अगाडि आएका छन् । अरू विधाका स्रष्टाहरूको पनि अधिकार हनन भइरहेको छ । यसैले राज्यले नै उनीहरूको अधिकार रक्षा गर्ने प्रबन्ध मिलाउनुपर्छ । स्रष्टाहरू निर्धक्क भएर सिर्जना गर्ने अवस्था नभएको कुनै पनि राज्य समृद्ध बन्न सक्तैन । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC