site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रतीक्षा बास्तोला बनिन् ‘मिस कल्चर नेपाल’
Sarbottam CementSarbottam Cement

काठमाडौं । हालै सम्पन्न ‘मिस कल्चर नेपाल २०२०’ को विजेता हेम्जाकी प्रतीक्षा बास्तोला बनेकी छन् । २९ जना प्रतियोगीलाई उछिन्दै उनले मुख्य उपाधिसँगै  ‘मोस्ट कन्फिडेन्ट’ को उपाधि पनि प्राप्त गरेकी हुन् ।

त्यस्तै फस्र्ट रनर अप सपना गौतम, सेकेन्ड रनर अप सुहाना क्षेत्री, थर्ड रनर अप करुणा पौडेल र बिबिका लामिछाने भए भने भ्युअर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी र सुस्मिता तिमिल्सिना तथा मोस्ट ट्यालेन्ट उपाधि प्रतीक्षा सुवेदीले प्राप्त गरेकी हुन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

‘हाम्रो संस्कृति हाम्रो पहिचान लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ पुष्पाञ्जलि फेसन एन्ड इभेन्टद्वारा आयोजित प्रतियोगितामा प्रतियोगिहरूले नेपालका विभिन्न जातजातिलाई प्रतिनिधित्व गर्ने पहिरन लगाएका थिए । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीले गरेका थिए । 

प्रतियोगिताको निर्णायक टिममा लेखक तथा समालोचक रेशम गिरी, ह्यापी बोर्डिङ्ग स्कुलका प्राचार्य कविराज बराल, चलचित्र निर्देशक सावित्री खत्री, सञ्चारकर्मी कविता श्रेष्ठ, मोटिभेसनल ट्रेनर इन्द्रमणि ढुंगाना, मोडल सोनु मल्ल खाँण र मिडियाकर्मी कमल बराल रहेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC