site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘दिवेश अमेरिकन आइडलमा पुग्नु नै ठूलो उपलब्धि’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलमा पुग्नु नै ठूलो उपलब्धि गएको नेपाली गायक–गायिकाले बताएका छन् । विश्वले हेर्ने रियालिटी सो अमेरिकन आइडलमा पुग्नु आफैंमा ठूलो कुरा भएको उनीहरूको भनाइ छ । 

“त्यति ठूलो ग्लोबल प्लेटफर्ममा पुग्नु नै आफैंमा ठूलो कुरा हो,” नेपाल आइडलका निर्णायकसमेत रहेका गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा भन्छन्, “त्यहाँ पुगेर पनि निर्णायकको तारिफ पाउनु अझै ठूलो उपलब्धि हो ।” 

दिवेशको प्रस्तुति हेर्दा र स्वर सुन्दा ऊ अझै अगाडि बढ्ने प्रशस्त सम्भावना रहेको कालीप्रसाद बताउँछन् । “दिवेश पक्कै पनि अगाडि बढ्ने छ, तर त्योभन्दा पनि ठूलो कुरा त उसले विश्वले हेरिरहेको सोमा नेपाली हुँ भन्यो । निर्णायकलाई नेपाली भाषामा नमस्ते भन्न सिकायो । उसले आफ्नो विगत बिर्सिएन । आफ्नो रुट (जरा) नबिर्सिनु पनि ठूलो कुरा हो,” कालीप्रसाद थप्छन्, “उसको स्वरमा जुन क्वालिटी देखियो, त्यसले उसलाई अगाडि बढाउने ठूलो सम्भावना देखायो । नेपाली संस्कार र संस्कृति जसरी त्यहाँ देखाइयो, त्यसले दिवेशसँगै नेपाल युनिक रहेको पनि देखिरहेको थियो ।”

Prabhu Bank
Agni Group
NIC Asia

कलाकारलाई कुनै भूगोल र भाषाले छक्दैन भन्ने सत्यलाई दिवेशले फेरि एकपटक प्रमाणित गरेको भन्दै उनले अवसर र आर्थिक अवस्था कमजोर भए पनि अवसर पाए कला उजागर हुने बताए ।  “कलाकार जहाँ पनि जन्मिन्छ, मात्रै अवसरको खाँचो हो,” कालीप्रसाद भन्छन्, “दिवेशले अवसर पायो, आफ्नो कला देखायो ।”

गायिका अभया सुब्बा दिवेशले आम नेपाली कलाकारको सपना सकार गरेको बताउँछिन् । ठूलो मञ्चमा पुग्ने हरेक नेपाली कलाकारको रहर भए पनि नपुगिरहेको अवस्थामा दिवेशले अवसर पाएको बताइन् ।  “त्यति ठूलो प्लेटफर्ममा पुग्ने सायद मेरो पनि रहर थियो होला, मेरोजस्तै रहर अरूको पनि होला । तर हामी सबैको सपना दिवेशले पूरा गर्दै छ,” अभया भन्छिन् ।

Global Ime bank

आइडलमा दिवेशले पुराना गीत गाएका छन् । उनले बब डिलनका सन्देशपूर्ण गीत गाएका छन् । सन्देशपूर्ण गीत गाउनुलाई अभया आइडलमा अगाडि बढ्ने संकेत भन्छिन् । “अहिलेको युवा पुस्ता मोबाइलमा गेम खेलेर, सामाजिक सञ्जालमा समय खर्चिरहेको आरोप लागिरहेका बेला दिवेशले रफ गीत गाएन । उनले बब डिलनका अर्थपूर्ण गीत गाए, त्यसले पनि ऊ संगीतमा गम्भीर छ भन्ने बुझ्न सकिन्छ,” अभया भन्छिन्, “उसको ओपन भ्वाइस, पावरफुल थ्रो र गीत छनोट हेर्दा कम्तिमा पनि टप टेनसम्म त पुग्छ ।”

भोटिङ राउन्डसम्म पुगेको अवस्थामा दिवेशलाई भोट गरेर सहयोग गर्नुपर्ने उनी बताउँछिन् । अमेरिकन आइडल ग्लोबल प्लेटफर्म भएकाले पनि त्यसले नेपाल र नेपाली संगीतलाई विश्वसामु नोटिस गराउने अभयाको भनाइ छ । 

नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा

गायक प्रमोद खरेल संगीतको भूगोल, भाषा र जात हुँदैन भन्ने तथ्य दिवेशले प्रमाणित गरेको बताउँछन् । अमेरिकन आइडलमा पुग्नु ठूलो उपलब्धि भएको भन्दै विश्वका प्रत्येक गायन प्रतिभाले देख्ने सपना दिवेशले पाएकामा आफूलाई खुसी लागेको उनी बताउँछन् । 

“अमेरिकन आइडल जस्तो संगीतको ठूलो प्लेटफर्ममा पुग्नु र निर्णायकले स्टार भनेर प्रशंसा गर्नु नै ठूलो उपलब्धि हो,” भ्वाइस अफ नेपालका निर्णायकसमेत रहेका प्रमोद भन्छन्, “नेपालमा पनि प्रतिभाहरू छन् भन्ने यसबाट पनि थाहा हुन्छ । दिवेश जस्ता हजारौं प्रतिभा नेपालका गाउँगाउँमा छन्, मात्रै अवसरको खाँचो छ ।”

नेपाली गायक दिवेश अमेरिकन आइडलको १८औं सिजनमा शीर्ष २० भित्र परेका छन् । आइतबार अमेरिकी टेलिभिजन च्यानल एबीसीबाट प्रशारण भएको पहिलो शृंखलाबाट उनी छानिएका हुन् । कर्णाली, प्रलय बीलगायत केही गीत बजारमा ल्याइसकेका २० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी आफैं गीत रचना, संगीत तथा गाउने गर्छन् । उनले आफ्ना गीत तथा सिर्जना आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएका छन् ।  

अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै प्रशंसा गरेको भिडियो हेर्न सकिन्छ । अमेरिकन आइडलको जारी १८औं शृंखलाको निर्णायकमा ब्रायनसँगै केटी पेरी र लाइनल रिची छन् ।

बेलायतबाट सुरु भएको ‘सिङ्गिङ रियालिटी सो’ आइडल अमेरिका पुगेपछि ग्लोबल सो बन्न पुगेको छ । नेपालमा पनि विगत तीन सिजनदेखि नेपाल आइडल चलिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC