साहित्य
काठमाडौं । गायक प्रकाश तिम्सिनाको ‘जुन भन्दिन म’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोमा गायक तिम्सिनाका साथै समिता लामा फिर्चड छन् ।
गीतमा प्रेमीले प्रेमिकाको सुन्दरताको वर्णन गर्दै आकाशको चम्किलो जुन र सुनभन्दा पनि सुन्दर रहेको चर्चा गरेका छन् । झगेन धिमालको शब्द रहेको गीतको भिडियोमा शान थापाको निर्देशन र मोन सिवाकोटी र एलिजा धिमालको निर्माण रहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६ १२:३८
प्रतिक्रिया दिनुहोस्