खेल
एजेन्सी । युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता युभेन्ट्सले आइतबार राति भएको खेलमा ब्रेसियालाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
युभेन्ट्सको घरेलु मैदानमा भएको खेलको ३७ औँ मिनेटमा ब्रेसियाका फ्लोरियन आएले रातो कार्ड खाँदै मैदान बाहिर गएका थिए । त्यसको एक मिनेट पछि पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।
७५ औँ मिनेटमा जुवान काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए । जितसँगै युभेन्ट्सले २४ खेलबाट ५७ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा एक अंकले पछि छ । ब्रेसिया १६ अंक जोडेर रेलिगेशन जोनमा छ ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६ ०८:१९
प्रतिक्रिया दिनुहोस्