site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
वुहानको मर्म : मृत्युको तीन घण्टा अगाडि मात्र उनले बेड पाए
Sarbottam CementSarbottam Cement

बीबीसी । रहस्यमय नयाँ भाइरस फैलन सुरु भएको हप्तौँपछि चिनियाँ निकायले को यसबाट संक्रमित छ भन्ने निर्धारण गर्ने शैली अचानक बदल्ने निर्णय ग¥यो ।

यसले उल्लेखनीय रुपमा बिरामीहरुको सङ्ख्या वृद्धि गरायो किनकि डाक्टरहरुले अहिले परीक्षण गराएका बिरामी मात्र नभएर क्लिनिकमा रोग पहिचान भएकाहरुलाई पनि संक्रमितमा गणना गरेका छन् ।

यसरी सुरुवाती दिनहरुमा वुहानमा तीव्र रुपमा भाइरस फैलनु र अस्पतालमा बेडको अधिक अभाव हुनुको अर्थ धेरैले आवश्यक पर्दा उपचार गराउन पाएनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसै महामारीका बीच आफ्ना प्रियजनहरुलाई उपचार गराउने प्रयास अन्तर्गत दिनहुँ गर्नुपरेका संघर्षपूर्ण अनुभवबारे वुहानका दुई बासिन्दाले बीबीसीसँग कुरा गरेका छन् । 

बीबीसीमा प्रकाशित उनीहरुको अवस्था 

Global Ime bank

आमाबुवाको मृत्युपछि ह्वाङलाई सानैदेखि उनका हजुरबुवाआमाले पालेका थिए । आफूले सधैँ ८० को उमेरमा रहेका दुवैलाई केवल आरामदायक रिटायरमेन्ट मात्र दिलाउन चाहेको उनी बताउँछन् ।

तर अचानक फैलिएको भाइरसले १५ दिनमै उनका हजुरबुवाको ज्यान लियो भने हजुरआमा पनि गम्भीर अवस्थामा रहेको उनले बताए । 

उनका अनुसार दुवैलाई गत जनवरी २० देखि नै सास फेर्नमा कठिनाइ भइरहेको थियो । 

तर २३ जनवरीसम्म वुहानमा सार्वजनिक सवारीसमेत बन्द गराइएपछि ह्वाङले २६ जनवरी यता उपचारका लागि कतै लैजान सकेनन् । 

यसरी २९ जनवरीका दिन दुवैलाई कोरोना भाइरस भएको पक्का भयो तर अझै त्यसको तीन दिनपछि मात्र अस्पतालमा भर्ना गरियो । 

त्यतिबेला अस्पताल यति भरिभराउ थियो कि कुनै पनि बेड खालि नभएको उनी बताउँछन् । 

यसरी हजुरबुवाआमा दुवैलाई सास फेर्न गाह्रो भइरहे पनि बेड खालि नहुनाले दुवैलाई कोरिडोरमा बस्न भनियो । 

उनले अस्पतालका स्टाफसँग बारम्बार बिन्ती गरिरहँदा मुश्किलले एउटा लामो चियर र फोल्डिङ बेड पाए । 

उनले आफ्नो डायरीमा लेखेका छन्, “तर यति गर्दा पनि डाक्टर र नर्स कतै देखा पर्दैनथे । र डाक्टरबिनाको अस्पताल चिहानसरह हुन्छ ।” 

यसरी उनका हजुरबुवाको मृत्यु हुनु एकदिन अगाडिसम्म पनि उनीहरु कोरिडोरमै थिए । 

उनका अनुसार हजुरबुवाको गम्भीर अवस्थाबारे हजुरआमालाई थाहा नदिन त्यसदिन उनी रातभर उनीसँग कुरा गरिरहे । 

यसपछि मृत्यु हुनुभन्दा तीन घण्टा अघिमात्र बेड पाएको ह्वाङ बताउँछन् । 

ह्वाङ तिनका हजुरबुवाले अन्तिम सास फेर्दासम्म उनैका साथमा बसिरहे । सामाजिक संजाल बेइबोमा उनले लेखेका छन्, “हजुरबुवा तपाईँको आत्माले शान्ति पाओस् । अब स्वर्गमा कुनै पीडा हुनेछैन ।” 

यसरी धेरै बिरामीहरुले आफ्ना परिवारलाई अन्तिमपटक देख्न पनि नपाइ दुनियाँ छाडेर जानुपरेको उनी दुःखी हुँदै बताउँछन् । 

अहिले त्यसै अस्पतालमा उनकी हजुरआमा पनि जीवनसँग युद्ध लडिरहेकी छन् जसकारण उनी सम्भव भएसम्म सबै समय उनीसँगै बिताउन खोजिरहेको बताउँछन् । 

उनले भनेका छन्, “कुनै पनि औषधि प्रभावकारी छैन । डाक्टरहरुले मलाई अहिले कुनै आशा नराख्न र सबै उहाँको शरीरमा निर्भर छ भनेका छन् । अब हामी भाग्यकै भरमा छौँ ।”

यसरी ७ फेब्रुअरीदेखि ह्वाङ आफैँ पनि बिरामी महसुस गरिरहेका छन् र दुई हप्तादेखि एउटा होटलमा क्वारेन्टाइनन्ड भएर बसेका छन् । 

त्यस्तै अर्का वुहान वासिन्दा दाछुनकी आमालाई भने पहिले ज्वरो आएको थियो । 

यो जनवरीको सुरुवातमा भएकाले उनीहरु त्यसबेला धेरै आत्तिएनन् र सामान्य रुपमा लिइरहेका थिए । 

उनीहरुले वुहानमा फैलिरहेको नयाँ रहस्यमय भाइरसबारे थोरै मात्र हल्ला सुनेका थिए । 

तर ज्वरो एक हप्तासम्म पनि ठीक नभएपछि भने उनलाई क्लिनिकमा सुइ हान्न लगियो । 

२० जनवरीको दिन चिनियाँ निकायले कोरोनाको खबर सार्वजानिक गराउँदा मात्र दाछुनले आमालाई सामुदायिक क्लिनिक लगे । यसरी छातिको स्क्यान अनि रगत परीक्षणपछि डाक्टरहरुले उनकी आमालाई कोरोनाको संक्रमण हुन सक्ने खबर दिए । 

उनी भन्छन्, “आजको दिनसम्म पनि मलाई विश्वास गर्न गाह्रो भइरहेको छ ।”

तर ५३ वर्षीया उनकी आमालाई तुरुन्तै भर्ना गराउन भने सकेनन् । 

वुहानका केबल ८ निर्धारित अस्पतालमा मात्र यसको परीक्षण गराउने सामग्री छ । 

उनी भन्छन्, “निर्धारित अस्पतालका एक डाक्टरले मलाई उनीहरुसँग मेरी आमालाई भर्ना गराउने अधिकार नभएको बताएका हुन् । यसमा स्थानीय स्वास्थ्य आयोगले मात्र पुष्टि भएका केसमा बेड दिलाउन सक्ने बताइएको छ । त्यसैले मेरी आमालाई कोरोना भएको आधिकारिक पहिचान नभएसम्म कसैले बेड उपलब्ध गराउन सक्दैन ।” 

दाछुनका भाइ दिनहुँ अस्पतालमा बेड खोज्न लाइन बस्ने गरेका छन् । 

तर केही समय यता उनीहरुले धेरै बिरामी परीक्षण गराउनै नपाइ वा अस्पताल नगइ मृत्यु भइरहेको देखेका छन् । 

उनकी आमाको अवस्था भने दिन प्रतिदिन गम्भीर हुँदै गएको २२ वर्षीय दाछुन दुःखी हुँदै बताउँछन् । 

उनले रगत बान्ता गर्न थालेको र पिशाबमा पनि रगत देखा परेको बताए । 

यसरी २९ जनवरीका दिन मात्र उनीहरुले बेड पाए । तर अस्पतालमा पर्याप्त स्वास्थ्य सामग्रीको अभाव हुँदा राम्रो उपचार पाउन नसकेको उनी बताउँछन् । 

तापनि आफूले आमा ठीक हुन सक्ने आशा गर्न नछाड्ने उनले बताएका हुन् ।   
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC