site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
११२ वर्षीय विश्वका सबैभन्दा जेष्ठको सुझाव, लामो जीवन बाँच्न हाँसिरहने कहिल्यै नरिसाउने 
Ghorahi CementGhorahi Cement

एजेन्सी । चितेसु वातनबेले अर्को महिना ११३ वर्ष पूरा गर्नेछन् । तर उनले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट आगामी जन्मदिनको उपहार अहिले नै पाइसकेका छन् ,  जसले उनलाई विश्वका सबैभन्दा जेष्ठ पुरुषको शिर्षक दिएको हो । बुधबार मात्र उनलाई जापानको निलिगाटास्थित उनी बस्ने नर्सिङ होममा सम्मान स्वरुप यसको सर्टिफिकेट प्रदान गरिएको गिनिजले जानकारी दिएको छ । 

यसमा वातनबेले एउटा क्यालिग्राफी युक्त ब्यानर तयार पारेका हुन् जसमा ‘विश्वको नम्बर १’ भनि लेखिएको छ । त्यसबीच उनको अन्र्तवार्ता लिँदा वतनबेले आफ्नो त्यति लामो जीवनको रहस्य हाँसो रहेको बताए । उनले भनेका छन्, “आफ्नो अनुहारमा सधैँ मुस्कान राखिरहने र कहिल्यै नरिसाउने गर्नुले नै स्वस्थ, सकारात्मक र लामो जीवन दिलाउनेछ ।”

Agni Group

वातनबेलाई गुलियो अत्यन्तै मनपर्छ र विशेषगरी कस्टर्ड खान मन पराउँछन् तर केही समय यता सबै दाँत गुमाउनुपरेपछि उनी क्रिम खाएरै सन्तुष्ट हुने गरेका छन् । वातनबे मार्च ५  १९०७ मा जन्मिएका हुन् र परिवारमा आठजना मध्येका सबैभन्दा जेठा छोरा हुन् । उनले लामो समयसम्म चिनी कम्पनीमा काम गरेका थिए र धेरै पछि मात्र जापानी सरकारको कृषि कार्यालयमा कार्यरत् भएका हुन् । त्यस्तै उनी १९९४ मा दोस्रो विश्व युद्ध अन्त्य हुनेबेलामा सेनामा समेत भर्ना भएको गिनिजले जनाएको छ । 

यसरी पाँचजना छोराछोरीका पिता, वातनबे अझैपनि सक्रिय रुपमा आफ्नो बगैँचाको ख्याल राख्ने गर्दछन् जहाँ उनले १०४ वर्षको हुँदासम्म विभिन्न फलफुल र तरकारीहरु रोप्दै आएका थिए । विश्वकी सबैभन्दा धेरै उमेरकी व्यक्ति केन तानाका पनि जापानकै हुन् जसले जनवरीमा ११७ वर्ष पूरा गरेकी छन् ।   सिएनएन 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC