site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 विद्यार्थीहरू भन्छन्, ‘ज्ञानमा कर नलगाऊ’
Ghorahi CementGhorahi Cement

काठमाडाैं । सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेटसँगै ल्याइएको आर्थिक विधेयकमार्फत किताब आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गर्यो । सरकारको यही निर्णयकै कारण त्यसयता चौतर्फी विरोध भइरह्यो ।

पुस्तकमा लगाइएको करको विरोध गर्नेमा विक्रेता, पाठक, विद्यार्थी र आमनागरिकले सडकमा सामाजिक सञ्जालमा मात्र होइन सदनामै विरोध भएको छ । केही समयअघि गगन थापा, बाबुराम भट्टराईलगायत नेताहरूले सरकारले पुस्तकमा कर लगाउनु ज्ञानमा बिर्काे लगाएको’ भन्दै आरोप लगाए ।

Agni Group

‘पुस्तकमा कर लगाइनु खारेज गर’ भनेर त्रिचन्द्र कलेजमा पढ्ने विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा लगातार सांकेकित विरोध गर्दै आएको छ । विद्यार्थीहरूले ब्यानरमा ‘मेक बुक ट्याक्स फ्री’ लेखेर विरोध स्वरूप किताब प्रदर्शनी गर्दै आएका छन् । 

विद्यार्थीहरूले फागुन २ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यलयमै पुगेर प्रधानमन्त्री तथा त्रिविका कुलपतिलाई समेत पत्राचार गरेको थियो । तर त्यसको जवाफ आजसम्म पनि नआएको अभियान्ताहरू विनोद देउवा, सेरेन जोशी, मनोज पुरीको गुनासो छ ।

Global Ime bank

बाह्रखरीसँग कुरा गर्दै आइतबार उनीहरूले पुस्तकको कर डलरमै लगाउन लाग्दा अझ महँगो भएको बताए । आफूहरूले दैनिक पढ््ने पाठ्यपुस्तकको मूल्य बढेकाले अन्दोलनमा लागेको उनीहरूको भनाइ छ । 

उनीहरूले पुस्तकमा लगाइएको कर हटाउनुपर्छ भनेर हस्ताक्षर संकलन र ज्ञापनपत्र लिएर पटक–पटक अर्थ मन्त्रालयमा बुझाउन जाँदा पनि आफूहरूको कुरा सुन्न नचाहेको आरोप लगाए । पटक–पटक पुस्तकमा लगाइएको कर फिर्ता गर्न सार्वजनिक ठाउमा सांकेतीक विरोध गर्दा सरकारले कुनै ध्यान नदिए पछाडि सिहदरवार अगाडि निषेधित ठाउमा नै गएर सांकेतिक विरोध गर्दा प्रहरीले उनीहरूलाई केही समय नियन्त्रणमा पनि लिएको थियो । 

आफूहरूले सरकारको विरोध गर्न नचाहेको तर विद्यार्थीहरू मर्कामा पर्ने भएकाले सरकारको विरोध गर्नुपरेको आन्दोलनरत विद्यार्थीहरूको भनाइ छ । सरकारले विभिन्न बहानामा जनताको अधिकार खोसको उनीहरूको आरोप छ । “सरकारको काम पहिले लेख्न नदिने त्यसपछि बोल्न नदिने र अहिले आएर पढ्न नदिने भएको छ,” उनले भने, “किताब महँगो हुँदा विद्यार्थीहरूले परीक्षामा पास मात्र हुने सस्तोमा गेस पेपर पढ्न बाध्य छन् ।’ 

उनीहरूले फागुन ७ गते प्रजातन्त्र दिवसका दिन माइतीघरमा बृहत् कार्यक्रम गर्न थालेको पनि बाह्रखरीलाई जनाए । विद्यार्थीको मुद्दा सांकेतिक रूपमा भन्दा पनि सम्बोधन नगरे निषेधित ठाउँहरू तोडेरै विरोधका कार्यक्रम गर्ने उनीहरूले योजना बनाएको सुनाए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC