site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै दुई अर्बको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । धितोपत्र बजारमा सयर कारोबार मापक नेप्से परिसूचक आइतबार  झण्डै २० अङ्कले बढेको छ । साताको पहिलो दिन विभिन्न चार कम्पनीको सेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १९ दशमलब ३९ ले वृद्धि भई १ हजार ३६३ दशमलब ९७ मा पुगेको हो । 

यस्तै सेन्सेटिभ परिसूचक १ दशमलब ५८ ले वृद्धि भई २८५ दशमलब ८२ मा पुगेको छ । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कुल १७६ कम्पनीको ४१ लाख ५ हजार १३४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ८१ लाख आठ हजार ७०१ बराबरको कारोबार भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

कारोबार भएका कुल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । वित्त ३ दशमलब ३४, अन्य २ दशमलब ६८ र सामूहिक लगानी कोष ० दशमलब ०६ ले घटेको छ । यस्तै बैंकिङ ५ दशमलब १५, व्यापार ११ दशमलब ०२, होटल ६ दशमलब ९५, विकास बैंक ४ दशमलब ५४, जलविद्युत् ९ दशमलब ४५, निर्जीवन बिमा ४१६ दशमलब ७९, उत्पादन ५३ दशमलब ९४, लघुवित्त ५७ दशमलब ८१, जीवन बिमा ३९८ दशमलब ६९ ले बढेको छ । 

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १८ करोड चार लाख २० हजार ३१५ बराबरको कारोवार भएको छ । यस्तै शिवम् सिमेन्ट रु १३ करोड पाँच लाख २६९, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड ४७ लाख ११ हजार ४४७, सूर्या लाइफ इन्सुरेन्स कम्पनी रु छ करोड ९६ लाख ७३ हजार ७०, शिखर इन्सुरेन्स कम्पनी रु छ करोड ७८ लाख ८९ हजार २६३, नेपाल इन्सुरेन्स कम्पनी रु पाँच करोड ७७ लाख ७७ हजार ४१ र नेको इन्सुरेन्स कम्पनी रु पाँच करोड ६८ लाख १४ हजार ८१४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

Global Ime bank

बजारले ‘बुलिस ट्रेन्ड्र’ पछ्याउँदा विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक प्रभाव देखिएको हो । राधी विद्युत् कम्पनी ९ दशमलब ४९, एनएलजी इन्सुरेन्स ९ दशमलब ४६, ङादी ग्रुप अफ पावर ९ दशमलब २४, नेपाल हाइड्रो ९ दशमलब २३ र राष्ट्रिय बिमा कम्पनीका शेयरधनीले ९ दशमलब १० प्रतिशतले कमाए । 

यस्तै नबिल ब्यालेन्स फन्ड दोस्रो ६ दशमलब ६७,  सेन्ट्रल फाइनान्स ५ दशमलब ८८, जानकी फाइनान्स ५ दशमलब ०२, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स ३ दशमलब ५७, नबिल इक्विटी फन्ड ३ दशमलब १७ र मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले २ दशमलब ८१ प्रतिशतले गुमाए । रासस 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC