site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विदेशमा पढ्न जान डराउँछन् चिनियाँ विद्यार्थी 
Sarbottam CementSarbottam Cement

एजेन्सी । १९७९ मा तत्कालीन चिनियाँ नेता देङ सिआओपिङले आफ्ना अमेरिकी अतिथि, हेनरी किसिङ्गरसँग पश्चिममा शिक्षा पूरा गर्न जानु कुनै डरलाग्दो कुरा नभएको उल्लेख गरेका थिए । उनको सो वचनले त्यस समय धेरै ठूलो खुलासा गरेको थियो कि चिनियाँ विद्यार्थीहरु वास्तवमै कुनै समय आफ्ना शत्रुराष्ट्रकहाँ पढ्न जान अनुमति पाउनेछन् । आज हजारौँका सङ्ख्यामा प्रत्येक वर्ष चिनियाँ विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्न पश्चिमी राष्ट्र चुनिरहेका छन् । तर, अहिले धेरैले देङको त्यसबेलाको अभिव्यक्तिसँग सहमति जनाउँदैनन् । 

चिनियाँ निकायले पश्चिममा हुने नियमित गोलीबारीका घटनालाई धेरै ठूलो र भयानक अनि विस्तृत रुपमा प्रस्तुत गराउने हुनाले पनि उनीहरु पश्चिमी समाजसँग डराउने गर्दछन् भने पश्चिमको भेदभावपूर्ण वातावरणका कारण पनि आफूलाई सुरक्षित ठान्दैनन् । जुन अहिले जारी कारोना भाइरस संक्रमणका कारण झन ठूलो समस्या बन्ने अनुमान गरिएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसबीच वाङ जुएजुन लगायतका व्यक्तित्वहरुले चाहिँ सो त्रासलाई ठूलो अवसरका रुपमा लिइरहेका छन् । उनी अन्तराष्ट्रिय राहत कार्य सम्बन्धी भेटेरान चिनियाँ हुन् र ‘सेफ्टी एनिटाइम’ का संस्थापक पनि हुन् । सो कम्पनीले विदेशमा पढाइ पूरा गर्ने तयारी गरिरहेका चिन्तित चिनियाँ नागरिकहरुका लागि सुरक्षा सम्बन्धी विभिन्न प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । 

यसमा उनका ग्राहकहरुलाई कतैपनि बन्दुक हमला भएमा, त्यसको उचित प्रतिक्रिया दिन र अपहरणको प्रयास वा आतङ्ककारी हिंसा भएमा त्यसबाट बच्न सिकाइन्छ । त्यस्तै यस प्रशिक्षणको ठूलो अंश ठग, चोरी, पाकेटमार लगायतका सामान्य खतराहरुमा पनि केन्द्रित छ । त्यस्तै फस्र्ट एड, सुरक्षा सम्बन्धी जानकारी, ड्रग्सको कानुन र यौन दुव्र्यवहार लगायतका समस्या समाधान गर्ने सुझाव पनि दिइएको हुन्छ । गत वर्ष मात्र ६ लाख ६० हजार चिनियाँ विद्यार्थी उच्च शिक्षाका लागि विदेशिएका थिए । तर सो कम्पनीमा चिनियाँ मात्र नभएर अन्य देशका छात्र अनि उर्जा, टेलिकम, वित्तिय, इन्जिनियरिङ, बेल्ट एण्ड रोड लगायत विभिन्न चिनियाँ परियोजनामा सहभागी चिनियाँ कामदार पनि प्रशिक्षण लिन आउँछन् । यसरी अधिकांश चिनियाँहरुले अफ्रिकी देश भन्दा अमेरिकाका कलेजहरु छनोट गरिरहेपनि अमेरिकाका शहरहरुमा खतरनाक सामुहिक हमलाका खबर नियमति आइरहने हुनाले उनीहरु त्यहाँको हिंसाप्रति चिन्तित रहने गरेका छन् । 

Global Ime bank

यस्तोमा वाङले आफूले दिने ट्रेनिङले चिनियाँहरुलाई त्यस किसिमको भयानक परिस्थितिबाट टाढा राख्न मद्दत गर्ने बताए । यसबारेमा १५ वर्षीय विद्यार्थी काओ जेन भन्छन्, “मलाई अमेरिकी युनिभर्सिटीमा पढाइ पूरा गर्न मन छ । तर हामीले अमेरिकी बन्दुक हिंसाका बारेमा धेरै सुनेका छौँ । यसकारण मैले यस सम्बन्धी सहज निर्णय लिन सकिरहेको छैन ।” उनको सो भनाइप्रति सँगै बसिरहेकी आमाले पनि मुन्टो हल्लाउँदै सहमति जनाइन् । 

तर वाङले भने ग्राहकहरुले आफूकहाँबाट सिकेर जाने भयानक परिस्थितिहरु वास्तविक जीवनमा कमै सामना गर्नुपर्ने दाबी गरेका छन् । उनी २०१० मा हाइटीको ठूलो भूकम्पको समयमा पनि राहत कार्यक्रममा सहभागी भएका थिए । त्यसैले उक्त प्रशिक्षण वास्तवमा भविष्यमा हुने सक्ने सबे किसिमका खतरनाक पििरस्थितिका लागि तयार राख्न र त्यसबाट जोगिने मनस्थिति विकास गराउन मात्र रहेको उनले बताए । चीन विश्वका धेरै ठाउँहरु भन्दा सुरक्षित मानिएपनि चिनियाँहरु जाने गरेका केही स्थलमा अनपेक्षित खतराको अधिक सम्भावना रहेको उनको भनाइ छ ।   द इकोनोमिस्ट
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC