site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आधी ग्राहकले  नियमित  विद्युत महसुल बुझाउँदैनन्
Ghorahi CementGhorahi Cement

सर्लाही । विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको महसुल बक्यौता रु १३ करोडभन्दा बढी नाघेको छ । चालु आर्थिक वर्षको आठ महिनासम्म प्राधिकरणले ग्राहकबाट असुल गर्नुपर्ने महसुल बक्यौता रु १३ करोड ८५ लाख २० हजार २०० पुगेको छ । 

केन्द्रका प्रमुख सुधिरकुमार रायले कुल ग्राहकमध्ये उद्योग, कलकारखाना र गार्हस्थ्यका ग्राहकबाट सो रकम महसुल बक्यौता रहेको जानकारी दिए । केन्द्रको ४३ हजार ९०० ग्राहकमध्ये ५० प्रतिशतले मात्र नियमित महसुल बुझाउने गरेका र  लाइन नकाटेसम्म बाँकी ग्राहकले महसुल नबुझाउने गरेको उनले बताए । ती ग्राहकमध्ये ९४ प्रतिशत गार्हस्थ्य र बाँकी ६ प्रतिशत उद्योगधन्दा सेवाग्राही रहेका जनाइएको छ ।

Agni Group

बक्यौता  सबैभन्दा धेरै  ओम शान्ति फ्रुट प्रोडक्सन प्रालिको रु २७ लाख ५० हजार ८१२ रहेको जनाइएको छ ।  तर सो प्रालिले मासिक रु १० लाखभन्दा बढी महसुल नियमित तिर्ने गरेको कार्यालयले जनाएको छ । त्यसैगरी केही ग्राहकले समयसमयमा मात्र नभई लाइन काटिँदासमेत विद्युत् महसुल बक्यौता नतिरेका कारण कालो सूचीमा राखिएको छ । 

सामान्यतय दुई महिना अर्थात ६० दिनसम्म बक्यौता महसुल बुझाउने ग्राहकको लाइन नकाटिएको र सो समयभन्दा बढी समयसम्म पनि महसुल बुझाउन नआउने ग्राहकको लाइन काटिएको छ । “आफूहरुले महसुल बुझाउने समय नाघेका ग्राहकहरुलाई एक पटक विद्युत् महसुल बुझाउन आउन आग्रह गर्ने गरेको र सो समयमा महसुल बुझाउन नआउने वा कार्यलयको आग्रहलाई बेवास्ता गर्ने ग्राहकहरुको लाइन काट्ने गरेको छौ, ” उनले भने ।  

Global Ime bank

कतिपय ग्राहकहरु लाइन काटिएपछि मात्र महसुल बुझाउन आउने गरेका कार्यलयले जनाएको छ ।  

गार्हस्थ्य तथा औद्योगिक क्षेत्रका ग्राहकहरु मात्र नभई सरकारी तथा गैरसरकारी कार्यालयहरु पनि विद्युत् महसुल समयमै नतिर्ने सूचीमा परेका छन् ।  मिटर जडान नगरी विद्युत् तारमा हुक लगाएर तथा मिटरबाट नै चोरी गरी बत्ती बाल्नेहरुको सङ्ख्यामा  केही सुधार आएको कार्यालयले जनाएको छ ।  ७२ जना ग्राहकलाई चोरी चुवाहटमा संग्लग्न भएको भन्दै कारवाही गरिएको छ । 

लालबन्दी, ईश्वरपुर, हरिवन नगरपालिका सबै वडा, वाग्मती नगरपालिकाका ६  वडा, कविलासी नगरपालिकाका वडा नम्बर १ र २ का साथै हरिपुर नगरपालिकाका सबै वडाहरु विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको सेवाक्षेत्र रहेको  छ ।  चालू आर्थिक वर्षको श्रावणदेखि माघ २७ गतेसम्म रु १७ करोड ४६ लाख ५९ हजार ८०० महसुल सङ्कलन र  साही अवधिमा रु १३ करोड ११ लाख ३६ हजार २१२ महसुल बक्यौता बाँकी रहेको कार्यालयले जनाएको छ । 

चालू आर्थिक वर्षको माघ महिनासम्ममा २८२ जना ग्राहकको महसुल नतिरेका कारण लाइन काटिएको उनीहरुबाट रु एक करोड १८ लाख ९५ हजार १२१ बराबर बक्यौता रहेको थियो । २०६ ले विद्युत् महसुलबापतको रकम रु ७३ लाख ८१ हजार २१८ तिरेर लाइन पुनःसुचारु गरेको  कार्यलयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  २१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC