site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अमेरिकाद्वारा हुवावेमाथि ‘ट्रेड सिक्रेट’ चोरीको अर्को आरोप
Sarbottam CementSarbottam Cement

एजेन्सी । बिहिबार अमेरिकी निरीक्षकहरुले चिनियाँ प्राविधिक कम्पनी, हुवावेमाथि ‘ट्रेड सिक्रेट’ अर्थात गोप्य व्यवसायिक जानकारी चोरीको अर्को आरोप लगाएको छ । न्युयोर्कस्थित अमेरिकी जिल्ला अदालतका अनुसार यसमा हुवावेले ट्रेड सिक्रेट र बौद्धिक सम्पदा अवैध रुपमा प्राप्त गर्न विभिन्न षड्यन्त्र रच्दै प्राविधिक ठगीको प्रयास गरेको छ । 

कम्पनीमाथि अमेरिकाले यसअघि नै दर्जनौँ अभियोग लगाएको थियो तर अदालतमा कुनैपनि आरोपका लागि दोषी पाइएको थिएन । यसरी ट्रम्प प्रशासन गत एक वर्षदेखि नै हुवावे विरुद्ध लडिरहेको छ । यसमा अमेििरकी अधिकारीहरुले कम्पनीको फाइभ–जी नेटवर्क प्रविधि प्रयोगमा रोक लगाउनुका साथै मित्र राष्ट्रहरुलाई समेत बहिस्कार गर्न दबाब दिएको हो । फाइभ–जी नेटवर्क हुवावेको व्यवासयिक वृद्धिको ठूलो माध्यम मानिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघिका अभियोगमा भने हुवावेले बैंक ठगी गरेको, आर्थिक प्रतिबन्धको उल्लंघन गरेको लगायत भनिएको थियो जसलाई कम्पनीले लगातार अस्वीकार गर्दै आइरहेको छ । त्यस्तै बिहिबार उत्तर कोरिया र इरानसँगको अवैध कारोबारबारे पनि नयाँ खुलासा गरिएको छ । यसमा न्यायिक विभागले हुवावेलाई स्काइकम नामक बिजनेससँगको सम्बन्धबारे सत्य जानकारी नदिएको आरोप लगाएको हो । स्काइकमले २००९ मा तेहरान युद्धका समयमा इरान सरकारलाई स्थानीय निगरानी गर्न सघाएको थियो । हुवावे प्रमुखकी छोरी मेङ वाङजोउलाई पनि यही आरोपमा दोषी ठहर गरिएको छ । 

यता हुवावेले भने अमेरिकी सरकारलाई प्रतिस्पर्धात्मक कारणले आफ्नो छविलाई सधैँका लागि बिगार्ने प्रयास गरेको आरोप लगाएको छ । हुवावेले भनेको छ, “यी नयाँ आरोपहरु हुवावेको नाम सधैँका लागि खराब गर्ने प्रयास हुन् जसपछाडिको कारण न्यायिक नभएर प्रतिस्पर्धासँग जोडिएको छ । ” यता मेङ वान्जोउका बारेमा पनि उनी निर्दोष रहेकामा आफूहरु विश्वस्त रहेको कम्पनीले बताएको छ ।  सिएनएन 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC