site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्मार्टफोनको युगमा पनि जिवित छ ‘ग्रिटिङ कार्ड’ ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । भिक्टोरियन समयदेखि नै प्रियजनहरुलाई ग्रिटिङ कार्ड पठाउने चलन छ । तर स्मार्टफोनको युगमा, ‘इमोटिकन’, टेक्स्ट म्यासेज, सामाजिक सञ्जाल अनि इमेलको बढ्दो प्रवृत्तिले ग्रिटिङ कार्डको अस्तित्व स्वाभाविक रुपमा जोखिममा पारिरहेको छ । 

तर आश्चर्यजनक रुपमा ग्रिटिङ कार्डको व्यवसाय अझै जिवित छ र अघिल्लो वर्ष नाफामा समेत रहेको तथ्याङ्कले देखाएको छ । 

पछिल्लो २५ वर्षदेखि कार्ड डिजाइनिङ गर्दै आएकी रेचल हेरले आफ्नो व्यवसायमा समयसँगै धेरै ठूला बदलाव देखेको बताइन् । तरपनि आफ्नो अनुभव अनुसार जति फेशन परिवर्तन भए पनि कार्ड र उपहार दिने चलन कहिल्यै नहट्ने उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कुनै समयमा बिरामीलाई छिट्टै ठीक हुने शुभकामना दिन ग्रिटिङ कार्ड जति राम्रो विकल्प अरु कुनै थिएन । 

तर पछिल्लो समय सामाजिक सञ्जालको अत्यधिक प्रयोग र वातावरणीय चिन्ताका कारण कार्डको व्यापारमा नकारात्मक प्रभाव पर्दै आएको विज्ञहरु बताउँछन् । 

Global Ime bank

यसरी अहिलेका युवाहरु टेक्स्ट म्यासेजमै रमाउने गरेको हुनाले पनि उनीहरुले थोरै कार्ड खरिद गर्नु स्वाभाविक लाग्छ । 

तर वास्तवमा जि.सि.ए.को २०१९ बजार रिपोर्टका अनुसार बेलायती नागरिकहरुले कार्डमा खर्च गरेको १.७ अर्ब पाउन्डमा सबैभन्दा बढी खरिद गर्ने युवा वर्ग अर्थात् १८ देखि २४ वर्ष उमेरकाहरु रहेका छन् । 

२०१७ र २०१८ का बीच कार्ड बिक्री दर कूल गरी १.६ प्रतिशतले कम रहे पनि अघिल्लो वर्ष भने यसको कारोबार ११ प्रतिशतले वृद्धि भएको बताइएको छ । यसमा पनि बेलायतले कुनै पनि अरु देशको तुलनामा सबैभन्दा धेरै कार्ड पठाउने गरेको पाइएको छ । 

तर ग्रिटिङ कार्डको लोकप्रियता सबै क्षेत्रमा उत्तिकै स्तरमा हुँदैन । जस्तै अमेरिकामा क्रिसमसलगायत मुख्य चाडकै अवसरमा घाटा बेहोर्नुपरिरहेको बताइएको छ । 

तापनि ग्रिटिङ कार्डको उद्योग सबैले अपेक्षा गरे भन्दा धेरै स्वस्थ छ । 

यसरी भ्यालेन्टाइन्स डेमा मात्र ग्रिटिङ कार्ड मार्फत ९३ करोड ३० लाख डलर बराबर आम्दानी हुने गरेको छ । 

युवाहरुले नै यो उद्योगलाई जिवित राखिरहेको बताइएको छ । 

क्रिस्मसपछि भ्यालेन्टाइन्स डेमा नै ग्रिटिङ कार्डको सबैभन्दा धेरै कारोबार हुने गरेको छ । 

त्यस्तै जन्मदिन, वार्षिकोत्सव लगायतका उत्सवहरुलाई पनि कार्ड पठाउन योग्य समयका रुपमा लिइन्छ । 

वर्षौँसम्म यो उद्योगले संघर्ष गरिरहनुपर्ने भए पनि युवाहरुले कार्ड दिने चलनलाई हराउन भने दिएका छैनन् ।

यसैकारण युवाहरुमै केन्द्रित रहेर आधुनिक कार्डका डिजाइनहरु ल्याउन थालिएको छ । 

जस्तै बटन थिच्नासाथै बोलीको सन्देश दिने, जोक्सहरु भएका र थ्रीडी इमेज देखाउने कार्डहरु अधिक लोकप्रिय साबित भइरहेका छन् । 

तिनै युवाहरु कार्ड उद्योगमा प्रवेध पनि गरिरहेका छन् । भर्खरै ग्रिटिङ कार्ड कम्पनी लन्च गरेकी बेरी लजरस भन्छिन्, “म सानो हुँदादेखि नै ग्रिटिङ कार्ड धेरै मनपराउँथे । त्यसैले मलाई कसैले कार्ड दियो भने म त्यसलाई कहिल्यै फाल्नेछैन । कार्डलाई हामीले समात्न मिल्छ जुन इमेल र टेक्स्टमा सम्भव छैन ।”

तर तुलनात्मक हिसाबले कार्डहरु महङ्गो पर्ने हुँदा युवाहरुले उच्च गुणस्तरको कार्डमा बढी खर्च गर्ने गरेका छन् । 

यसरी ग्रिटिङ कार्ड महङ्गो हुँदै गएकाबारे धेरैको गुनासो छ ।   द गार्जियन
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC