site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अफर स्टलमा अवलोकनकर्ताको भीड
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्यान इन्फोटेकको काठमाडौंमा जारी मेलाको मुख्य आकर्षणमा अफरसहितका स्टल परेका छन् ।

मेलाकै अवसर पारेर विभिन्न प्रविधि कम्पनी, संघ–संस्थाहरूले सेवा लिन चाहानेका लागि विशेष छुट, अफरलगायत घोषणा गरेका  थिए । अवलोकनकर्ताहरू पनि अफर र छुट भएका स्टलमा झुम्मिएको देखिन्थे । शुक्रबारदेखि सुरु प्रविधि प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, एसेसरिज, सफ्टवेयर निर्मातालगायत कम्पनीहरूले ग्राहकका लागि छुट तथा अफरहरू दिइरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मेलामा एनसेलले आप्mनो स्टलबाट १ रुपैयाँमै सिम उपलब्ध गराइरहेको छ । सिममा ग्राहककले १० मिनेको निःशुल्क टक टाइम र १० एसएमएस निःशुल्क प्राप्त गर्नेछन् । यस्तै, उक्त सिममार्फत ग्राहकले ३ दिनका लागि २ जीबी डाटा निःशुल्क पाउनेछन् । एनसेलले आफ्नो स्टलबाट रिजार्च खरिद गर्ने ग्राहकका लागि समेत विभिन्न छुट दिइरहेको छ ।

यस्तै, मेलामा इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक, सुबिसु, भायानेटलगायत कम्पनीहरूले अवलोकनकर्ताहरूका लागि भन्दै विभिन्न प्याकेज सार्वजनिक गरेका छन् । छुट सुविधासहितका उक्त प्याकेजमा ग्राहकले कम मूल्यमा इन्टरनेट सेवा लिन सक्ने सुविधाहरू राखेका छन् ।

Global Ime bank

छुट्टै पेभेलियनमा राखिएका मोबाइल, एसेसरिजलगायतका ब्रान्डले अवलोकनकर्ता आकर्षित गर्न सोहीअनुसारका छुट तथा अफरहरू दिइरहेका छन् । विभिन्न ब्रान्डका केही कम्पनीहरूले अवलोकनकर्ताहरूका लागि भन्दै मेलाका अवसरमा ५० प्रतिशतभन्दा बढीको छुटसमेत दिइरहेको जनाएका छन् । छुट धेरै हुने र केही ब्राण्डका पोर्टेबल एसेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान एसोसिएसनका सचिव चिरञ्जीवी अधिकारीले बताए । 

यस्तै, मेलामा आउने अवलोकनकर्ताहरू साइबर सेक्युरिटीबारे जानकार भए नभएको अनुसन्धान गर्ने उद्देश्यले सर्भेक्षण पनि गरिएको क्यानले जनाएको छ । १ सय ७४ वटा स्टलसहितको मेला बुधबारसम्म चल्नेछ । सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६औं संस्करण हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC