काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा गायिका इन्दिरा जोशी नियुक्त भएकी छन् । उनलाई सूर्या लाइफइन्स्योरेन्सका तर्फबाट एमडीआरटीका विजेता अभिकर्ताहरूसहित कम्पनीका सीईओ र अध्यक्ष तथा कम्पनी बोर्डका निर्देशकले स्वागत गरेका थिए । कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले नयाँ ब्राण्ड एम्बेसडर पाएकोमा खुशी व्यक्त गर्दै यसले कम्पनीलाई नयाँ दिशामा अघि बढाउने बताए ।
कम्पनीका सीईओ शिवनाथ पाण्डेले ब्राण्ड एम्बेसडरको सहयोगमा कसरी ग्राहकसँग जोडिन र उनीहरुलाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए ।
सूर्या लाइफको ब्रान्ड एम्बेसडर बनेसँगै जोशीले भनिन, ‘‘म यस कम्पनीको ब्रान्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित र गौरवको महसुस गरिरहेको छु ।’ ब्रान्ड एम्बेसडर बनेसँगै जीवनबिमाको विषयमा सचेतना र शिक्षा फैलाउनमा मेरो महत्त्वपूर्ण भूमिका हुनेछ ।