site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कस्ता–कस्ता मतदाता !

पूरै २० वर्षपछि स्थानीय तहको निर्वाचन हुनलाग्दा उमेदवारमात्र होइन मतदाता प्नि हौसिएका देखिन्छन् । तर, निर्वाचनपछि देशले गति लिन्छ भनेर आशा गरेका जनताले भोट कसलाई दिने भनेर मापदण्ड बनाएको भने पाइँदैन । यी यी गुण भएका उमेदवारलाई आफ्नो मत दिने हो भन्नुको सट्टा उही पुरानै शैलीमा मतदान गर्न आतुर देखिन्छन् ।

कस्लाई मत दिने भन्ने विषयमा धेरैको प्रतिक्रिया यस्तो पाइन्छ :– 

१. म त जन्मजात यो पार्टीको, मेरो बाबुआमा पनि यही पार्टीका, मेरो हजुरबाआमा पनि यही पार्टीका । त्यसैले मेरो भोट पनि यही पार्टीको चुनाव चिह्नमा ।

Prabhu Bank
Agni Group
NIC Asia

२. फलानाले भनेको यो पार्टी राम्रो रे !  त्यसैले त्यही पार्टीलाई भोट ।

३. त्यो पार्टीको नेताले मेरो छोरा÷छोरीलाई भनसुन गरेर जागिर मिलाइदियो, त्यसैले त्यही पार्टीलाई भोट ।

Global Ime bank

माथि उल्लेखित तर्क र प्रतिक्रिया गहन विश्लेषणमा आधारितजस्तो देखिँदैन । आफ्ना बाबु वा आमाले मन पराएको पार्टीलाई नै सन्तानले पनि प्रायः मन पराएको पाइन्छ ।

अझै आफ्नो बाबुआमा सक्रिय रहेको पार्टीलाई समर्थन नगर्ने छोराछोरी त बिरलै हुन्छन् । आफ्नै घरमा पार्टीहरूको भेला र सभा हुँदा नेताहरूसँग घुलमिल भएका सन्तानले अर्को पार्टीलाई समर्थन गर्ने कुरा त सोच्न पनि सकिँदैन । के पार्टीलाई मतदान गर्न यही मापदण्ड काफी छ ? छैन । 
हामीलाई चाहिएको त देशमा विकास, सुशासन र रोजगारी हो ।

अब विकास, सुशासन र रोजगारीका लागि पार्टी वा उमेदवार चुन्ने विषयमा परम्परागत सोचमा क्रमभङ्ग गर्नैपर्छ । परिवारको राजनीतिक पृष्ठभूमि र आफैँले पाएका व्यक्तिगत लाभका आधारमा पार्टी वा उमेदवारलाई समर्थन गरिनुहुँदैन । यसो गर्नु समग्र देशलाई पाखा लगाई एउटा सीमित पार्टीको प्रतिष्ठाको पात्रमात्र बन्नु हो । हामी पार्टीको होइन देशको प्रतिष्ठाको पात्र बन्नुपर्छ ।

कामको आधारमा नभएर आस्थाको आधारमा हामीले पार्टीहरूलाई आँखा चिम्लेर समर्थन गरिरह्यौँ । हामी मतदाताले आफ्नो भित्री विवेकलाई तिरस्कार गरिरह्याैं । विगत २८ वर्षमा प्रायः सबै पार्टी एक न एक पटक सत्तामा रहे । आफ्नो देशको विकास छिमेकी मुलुकबाट गराउन तल्लीन भए । कोहीले दक्षिण ताके त कसैले उत्तर । आफ्नो देशको क्षमतालाई अवमूल्यन गरिरहे ।  

एउटा सानो उदाहरण – तपार्इँ आफैँले आफ्नो घर मर्मतसम्भार गर्नु भएन भने त्यहाँ झार पलाउँछ । त्यो झार उखेल्न छिमेकी आउँदैनन् । त्यसैगरी आफँै देशको पुनःनिर्माणमा अग्रसर नबने छिमेकीले बनाइदिने छैनन् । विकास नभएकोमा  द्वन्द्वलाई मात्र दोष दिइयो । माओवादी ‘जनयुद्ध’ मधेस आन्दोलन र अन्तरपार्टी द्वन्द्वले देश बनेन भनेर नेताहरू दन्तबझान गर्दै रहे । यसमा आंशिक सत्यता होला तर यही कारणले मात्र विकास रोकिएको होइन । द्वन्द्व नहुने राष्ट्र संसारमा कही कतै छ ? अन्र्तरपार्टी मतभेद नहुने देशहरू हुन्छन् ? आफ्नो अकर्मण्यता लुकाउने बाहाना हुन् यी सबै ।
पार्टी र तिनका नेतामात्र दोषी छैनन् हामी जनता पनि धेरथोर जिम्मेवार छौँ । स्थानीय निकाय होस् वा संसद्को निर्वाचन, उमेदवार वा पार्टी छान्दा हामीले हाम्रो आँखा चिम्ल्यौँ र आफ्नो  विवेकको घाँटी निचोरीदियौँ । अरूले थमाइदिएको उमेदवारको सूचीमा चुपचाप लाहाछाप लगाइदियाैँ । यो कोणबाट हेर्दा हामीलाई लाज लाग्नै पर्ने हो, मतदान गर्ने बेला विवेक प्रयोग नगर्ने अनि अहिले आएर अपेक्षा ठूलो गर्ने ।

हामी मतदाता धेरै चुकेका छौँ । निर्वाचनमा मात्र नभएर प्रायः सबै संघसस्थामा पार्टीगत राजनीति ‘ट्रोजन भाइरस’ जस्तै फैलँदै गएको छ । पेसागत संघसस्था र विद्यार्थी युनियनहरू सबैभन्दा बढी संक्रमित देखिन्छन् । यी संघसस्था र युनियनको प्रमुख काम आफू नजिकको पार्टीको प्रतिष्ठा जोगाउने बन्यो । पेसागत हकहितको रक्षा प्राथमिक विषय बन्न सकेन ।

राम्रोसँग पढीलेखी अनुशासित, सबल र व्यावसायिक नागरिक बन्नुको सट्टा विद्यालय र कलेजका अमूल्य समयलाई दुरुपयोग गरियो । भनियो – विद्यार्थीको हकहित, गरियो पार्टीको प्रतिष्ठाको संरक्षण । 

विगत २८ वर्षमा विद्यार्थी युनियन गरेको कामका आधारमा विद्यार्थी युनियनको सान्र्दभिकता अझै बाँकी छ भन्न सकिने आधार छैन । विद्यालयका कोठा, वेन्च, टेवल, शौचालय सुधार गर्न कति काम गरियो ? पढाइको गुणस्तर बढाउनु पर्छ, शिक्षक शिक्षिकाले पुरा समय विद्यालय र कलेजमा दिनु पर्छ भनेर बोल्ने कामभन्दा तोडफोडको राजनीति धेरै गरियो ।

आफ्नो पार्टीको वर्चस्व कायम गर्न अनेकौँ गैरजिम्मेवार काम भयो । विद्यार्थी राजनितिक पार्टीरूपी बल्छीमा अड्केका चारा जस्ता भए । पढाइ सुदृढीकरण गर्नुभन्दा पार्टीकरणतर्फ लागियो । धेरैको पढाइ राजनितिले बिगार्यो । त्यसैले विवादास्पद विद्यार्थी युनियन अब खारेज गर्नुपर्छ । विद्यार्थीको हक हितको रक्षा गर्न गैरराजनितिक चरित्रको राष्ट्रिय विद्यार्थी काउन्सिल बनाउनुपर्छ ।

नेताहरू सपना बाट्न खप्पिस हुन्छन् तर तिनले देखाएको सपना पुरा नहुँदै हराउँछ । अझै भनौ सपनाको हत्या गरिदिन्छ । जनताले पार्टी र सरकारबाट जहिले पनि केही नयाँ आशा राखेका हुन्छन् । विकासका एजेन्डामा सबै पार्टी निःस्वार्थभावले मिलुन् भन्ने जनताकोे अपेक्षा हुन्छ । तर, हुन्छ अर्कै, आफ्नो पार्टीको व्यक्ति नपरे विकास निर्माणका काम नै ठप्प पारिन्छ । त्यतिमात्र कहाँ हो र ? आफूले भनेजस्तो नभए संसद्लाई बन्धक बनाइन्छ । संसदलाई बन्धक बनाउनु जनमतको अविमूल्यन गर्नु हो । राष्ट्रवादलाई नारामा मात्र सीमित बनाइन्छ । आफूमात्र राष्ट्रवादी अरू राष्ट्रघाती ? मैले भनेको नै जायज, अरु सबै नाजायज ।

मानौ यो सिंगो देश कुनै पार्टीको पेवा हो । राष्ट्रवाद कुनै एक पार्टीको प्रयोगशालाबाट उत्पादन हुने वस्तु हुनै सक्दैन  । राष्ट्रवाद त देशका जनताको हितमा सबैको कुरा समेटेर बन्ने कस्तुरीको बीनाजस्तै हो । जसको वासना सबैले महसुस गर्न सक्छन् । छिमेकीलाई गाली गर्दैमा पनि होइन राष्ट्रवाद । यो त निरीह जनताको भावनालाई क्यास गर्ने माध्यम हो । 

आसन्न चुनाव तर्फ फर्काैं । चुनावमा कसलाई मतदान गर्ने ? उमेदवार हेरेर की पार्टीको चिन्हलाई हेरेर ? यसमा अधिकांशको मत बाझिने गर्छ । धेरै कमको जवाफ हुन्छ – उमेदवार हेरेर भोट दिने ।

अधिकांशले पार्टी हेरेर मतदान गर्छन् चाहे पार्टीले आफुलाई मन नपर्ने उमेदवार नै किन नउठाओस् । कहिलेकाहीँ त यस्तो पनि भन्ने गरिन्छ – त्यो पार्टीले त लठ्ठी उठाए पनि जित्छ । यो सरासर उमेदवारको व्यक्तिगत क्षमतालाई अपमान गर्ने शैली हो ।  

विकास, सुशासन र रोजगार प्रवद्र्धन होस् भनेर भोट हाल्नु पूर्व हामीले दुई पटक सोच्नैपर्छ । कतै आफ्नो मत गलत ठाउँमा त परेन ? 

उमेदवारलाई भोट दिने प्रक्रियालाई एकछिन कम्पनीको कर्मचारी छनोट प्रक्रियाको अन्र्तवार्तासँग दाजेर हेरौँ । प्रायः सबै कम्पनीले राम्रो अनुभव, सही दृष्टिकोण, समूहमा काम गर्ने क्षमता भएको र विगत सिर्जनशील काममा लागेको व्यक्तिलाई छान्छन् । ठ्याक्कै यस्तै मापदण्डलाई आधार बनाएर मतदान गर्नु श्रेयश्कर हुन्छ । 

विगतमा हामी मतदाताले त्रुटि गर्यौँ । हामीले अमुक पार्टीलाई आँखा चिम्लेर समर्थन गर्याैं । तर, उमेदवारको क्षमतालाई अवमूल्यन गर्यौं । अब त्रुटि सच्चाउनुपर्छ ।

पार्टीलाई मात्र आधार बनाउने होइन उमेदवारको क्षमतालाई पनि आधार बनाउनुपर्छ । हामीले इतिहासलाई फर्केर हेर्दा के भन्न सक्छौँ भने विश्वमा भएका सबै अग्रगामी विकासमा कुनै एकजना उत्कृष्ट दृष्टिकोण भएको व्यक्तिको ठूलो योगदान रहेको छ । ‘भिजन’ र काममा लगाव भएको व्यक्तिले ठूला पार्टीलाई चुनौती दिएको उदाहरण हामी माझ धेरै छन् ।

हाम्रो राजनीतिक संस्कार र परम्परा कस्तो छ भने हामी फोहोरमै टेक्ता पनि त्यो फोहोर सफा गर्दैनौ तर सफा गाउँसहरको सपना बाँड्छाैं । आजभन्दा २८ वर्ष अघि पनि बाटोमा धुलो उडाउँदै सपना बाडिएका थिए । अहिले पनि त्यही धुलोमा हिडेर भन्दैगर्छन् – हामी राजनीतिमा मौलाएको बेथितिको धुलो हटाउँदै छौ । कति ठूलो विडम्बना !  

त्यसैले अब हामी मतदाताले भन्नै पर्छ, अब अति भो । हामी पार्टीलाई होइन ‘भिजन’ भएका उमेदवारलाई भोट हाल्छाैं।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC