site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
चीनमा अलपत्रको उद्धारपछिको सावधानी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अन्ततः नेपाल सरकारले चीनको वुहानमा अलपत्र परेका नागरिकलाई उद्धार गर्ने कर्तव्य पूरा गरेको छ । सुरुमा सरकारले देखाएको आलटाल र ढिलासुस्तीलाई बिर्सेर उद्धार गरिएका नेपालीहरू, तिनका आफन्त र सबै नेपालीका तर्फबाट नेपाल सरकारलाई धन्यवाद दिऊँ । सत्तारुढ दलका सगोत्री केही कम्युनिस्ट नेताहरूको अमानवीय टिप्पणीहरू र सरकारी अधिकारीहरूको गैरजिम्मेवार शैलीले वुहानमा अलपत्र परेकाहरूको चित्त दुखाएको थियो भने नेपालभित्र पनि आक्रोश उत्पन्न भएको थियो । नागरिकहरूसमेतको दबाबका कारण सरकार अन्ततः नागरिकप्रतिको कर्तव्य पूरा गर्न तत्पर भयो । घर फर्कन चाहनेहरूलाई ल्याउन पठाइएको विमानबाट १ सय ७५ जनालाई आइतवार बिहान नेपाल ल्याएर अलगथलग राखिएको छ । चीनमा जहाजमा सवार नहुँदै र नेपालमा जहाजबाट ओर्लेपछि गरिएको उनीहरूको स्वास्थ्य परीक्षणमा समस्या देखिएको छैन ।

चीनमा गत डिसेम्बर, २०१९ कै अन्त्यतिर अहिले कोविद-९ नामकरण गरिएको नोवल कोरोना भाइरस फैलन सुरु भएको रहेछ । तर, सबै प्रकारको सूचनामा नियन्त्रण गर्ने चीन सरकारको संयन्त्रले कोरानाभाइरसको संक्रमणका विषयमा पनि सूचना नियन्त्रण गर्यो । कोरोना भाइरसको संक्रमण देखिएको सूचना सार्वजनिक गर्ने व्यक्तिलाई नै सरकारले नियन्त्रणमा लियो । अन्ततः डा. डाली वेनलियाङ नाम गरेका ती नेत्र विशेषज्ञको कोरोना भाइरसकै संक्रमणबाट ज्यान गयो । महामारीभन्दा सूचना नियन्त्रणलाई सरकारले प्राथमिकता दिएकै कारण अहिले कोरोनाको संक्रमण विकराल भएको अन्तर्राष्ट्रिय समुदायले ठहर गरेको छ । तर, चीन सरकारको प्रचारतन्त्र भन्दा दुई पाहिला अगाडि सरेर नेपालका केही कम्युनिस्ट नेताहरूसमेत कोरोनाभाइरसको भयावहतालाई उपेक्षा गर्नुपर्ने पैरवी गर्दैथिए । उता, संसारका लगभग सबै मुलुकले वुहानबाट आफ्ना नागरिक फर्काइसकेका थिए । यसैले वुहानमा अलपत्र परेकाहरूका अभिभावक राष्ट्रिय मानवअधिकार आयोगलगायतसँग गुहार माग्न पुगेका हुन् । आफ्ना प्रियजन सकुशल स्वदेश फर्केपछि सबैले सन्तोषको सास फेरेको हुनुपर्छ ।

नेपाल फर्काइएकाहरू भाइरस संक्रमित हुनसक्ने जोखिम भएकाले अहिले उनीहरूलाई चिकित्सकहरूको निगरानीमा अलग्गै राखिएको छ । उनीहरूको नियमित स्वास्थ्य अवस्थाको अवलोकन र निगरानी गरिने बताइएको छ । कसैमा भाइरसको शंका लागेमा उपचारको प्रबन्ध मिलाइसकिएको छ । यसैले उनीहरूलाई अलग-अलग (क्वारेन्टाइन) मा राख्दैमा संक्रमित ठान्नु हुँदैन । संक्रमण भए नै पनि कोरोनाभाइरसको उपचार हुन्छ । यसैले कसैले पनि चिन्ता गर्नुपर्ने वा आत्तिनुपर्ने अवस्था छैन । सरकारले उद्धार गरेर ल्याएपछि निगरानीमा राख्ने र आवश्यक भए उपचार गर्ने व्यवस्था मिलाएर बुद्धिमानी देखाएको छ । वुहान विमानस्थलमा रोकिएकाहरूको पनि नेपाल सरकारले हेरचाह गरिरहनुपर्छ भने नेपाल आउन नमानेकाहरूको अवस्थाको पनि जानकारी लिइरहनुपर्छ । अनिमात्र राज्यको दायित्व पूरा हुनेछ । चीनबाट फर्काइएकाहरू कसैलाई पनि कोरोनाभाइरसको संक्रमण नभएको होस् भन्ने कामना गरौँ । चीनमा अलपत्र परेका नेपालीलाई घर फर्काउने क्रममा संलग्न नेपाल वायुसेवा निगमका उडान कर्मचारी, स्वास्थ्यकर्मी तथा सहयोग गर्ने चीन सरकारलगायत सबै धन्यवादका पात्र भएका छन् । अहिले सेवामा संलग्न सबैको मानवीय भावना र कर्तव्य परायणता पनि सराहनीय छ । निगरानीमा रहेकाहरूको राम्ररी हेरचाह गर्न र कसैमा संक्रमण देखिए पनि अरूमा नफैलियोस् भनेर सावधान भने अत्यन्त जरुरी देखिन्छ । ‘क्वारेन्टाइन’को व्यवस्थापनमा सरकारी शैलीको हेलचेक्य्राइँ र आलटाल भने हुनुहुँदैन ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC