site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारको घोषणा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानले ‘पुष्पपराग वर्ष सम्मान पुरस्कार– २०७६’ हुसेन खानलाई प्रदान गर्ने निर्णय गरेको छ । छनोट समितिले प्रस्ताव गरेका सर्जकहरूको नामावली कार्यसमितिको बैठकले पारित गरेपछि पुरस्कृत व्यक्तिको टुंगो लागेको हो । 

त्यस्तै ‘नीलगंगा भाषा साहित्य पुरस्कार २०७६’ प्रा. गोपीकृष्ण शर्मालाई, ‘मुना स्मृति आख्यान पुरस्कार २०७६’ सरस्वती प्रतीक्षालाई, ‘पद्मावती गीत संगीत पुरस्कार २०७६’ शिशिर योगीलाई, ‘शुक्र मन्दिर स्मृति लोक साहित्य पुरस्कार २०७६’ सर्जक गणेश रसिकलाई, ‘तिलकुमारी खड्का स्मृति पुरस्कार २०७६’ पञ्चकुमारी परियारलाई, ‘श्रीकृष्णलाल गोपिनी शिवाकोटी स्मृति साहित्य संगीत पुरस्कार २०७६’ राम कार्कीलाई प्रदान गरिने भएको छ । 

साथै संस्थामा वर्षैभरि आएर वाचन गर्ने सर्जकमध्ये राधा दुलाल कार्कीलाई पनि सम्मान गर्ने भएको छ । भक्तपुरस्थित उक्त साहित्य प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा दिने उक्त सम्मान तथा पुरस्कारहरू आगामी चैत ८ गतेका प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाद्वारा प्रेषित वक्तव्यमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC