site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
राज्यका हरेक निकायसँग भूमिका बढाउनुको विकल्प छैन
Sarbottam CementSarbottam Cement

चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको वार्षिक साधारण सभा यही फागुन १० गते हुँदैछ । 

साधारण सभाले दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व पनि निर्वाचित गर्दैछ । १६ सय बढी सदस्यहरुले आगामी नेतृत्व चयन गर्नेछन् । 

आगामी नेतृत्वका लागि हालका उपाध्यक्ष दीपक पाण्डेले उमेदवारी दर्ता गराएका छन् । प्यानलसहित उमेवादवारी दिएका पाण्डेसँग उनका एजेण्डा, चार्टर्ड एकाउन्टेन्टहरुको आर्थिक पारदर्शितामा भूमिकालगायतका विषयमा बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानी :

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्षमा तपाईँको उमेदवारी के का लागि ? एजेन्डा के छन् ?

चार्टर्ड एकाउन्टेन्टहरु देशको आर्थिक क्षेत्रका विज्ञ मानिन्छन् ।

Global Ime bank

उनीहरु ट्याक्स, एकाउन्ट, अडिटिङलगायतका विषयमा एकीकृत विज्ञको रुपमा अगाडि आएका छन् । 

एउटा विषयमा मात्रै होइन धेरै विषयका विज्ञ हुन् । 

उनीहरुले निजी संस्थाहरुमा आफ्नो प्रभावकारी भूमिका निर्वाह गरिरहेकै छन् । 

नेपाल राष्ट्र बैंकमा उनीहरुको राम्रो भूमिका छ । 

अहिले नेपाल बैंकर्स संघका अध्यक्ष, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसहित अन्य धेरै बैंक तथा वित्तीय संस्थाको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत चार्टर्ड एकाउन्टेन्ट्स छन् । 

यति हुँदै गर्दा पनि राज्यले चार्टर्ड एकाउन्टेन्ट्सलाई जुन स्थानमा राख्नुपर्ने थियो, जुन भूमिकामा रहनुपर्ने थियो त्यो भूमिकामा नरहेको हामीले महसुस गरेका छौं । 

बजेट निर्माणमा चार्टर्ड एकाउन्टेन्ट्सको भूमिका खै ? राज्यले आज समृद्धिको नारा लगाइरहेको छ । 

यदी समृद्ध नेपाल खुसी नेपालीको अभियान नारामा मात्रै सीमित नबनाउने हो भने विकास निर्माणमा बजेट विनियोजन कहाँ गर्ने, सरकारी खर्च कत्ति प्रभावकारी भए, गरिएका खर्च मितव्ययी र पारदर्शी भए कि भएनन् ? अर्थात् सुशासन के रह्यो भन्ने विषयमा चार्टर्ड एकाउन्टेन्ट्सको प्रत्यक्ष भूमिका चाहिँदो हो । 

चार्टर्ड एकाउन्टेन्ट्स अडिटर मात्रै होइनन् । यिनीहरुले नीति निर्माणमा राज्यलाई महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । 

त्यसैले अब राज्यको समृद्धिको सवालमा चार्टर्ड एकाउन्टेन्टको भूमिका अग्रणी हुनुपर्दछ । 

र, चार्टर्ड एकाउन्टेन्ट्लाई अग्रणी भूमिकामा राख्नुपर्छ भन्ने नै मेरो मुल मुद्दा हो । 

हामी करका विज्ञ मानिन्छौं । तर आज पनि हाम्रो भूमिका करका नीति बनाउनेमा छैन । 

करको व्याख्या गर्नेमा मात्रै छ । आज पनि आन्तरिक राजस्व विभागमा चार्टर्ड एकाउन्टेन्ट छैनन्, जबकी हुनुपर्ने थियो । 

करमा मुद्दामा कमसेकम चार्टर्ड एकाउन्टेन्ट्ले बोल्न पाउनुपर्ने थियो, किनभने हामी त्यसका विज्ञ हौं । 

एक तिहाई हाम्रा विज्ञ कर्पोरेट कानुनमा हुन्छन् । तर कम्पनी रजिष्ट्रार कार्यालयमा हाम्रो भूमिका देखिँदैन । 

उद्योग विभागमा हाम्रो भूमिका देखिँदैन । अर्थ मन्त्रालयमा हाम्रो जुन भूमिका हुनुपर्ने हो, त्यो भूमिका देखिँदैन । 

राज्य संघीय संरचनामा गएको छ । स्थानीय सरकार छ । त्यहाँ अर्बौंको बजेट गएको छ । 

स्थानीय जनप्रतिनिधिले खर्च गरेका छन् । त्यो खर्च कसरी भइरहेको छ ? त्यो भएको खर्च सही हुन् कि गलत, कसैले त भन्नुपर्ला नि ? खर्च गरेअनुसार काम भए–नभएको अडिट गर्नुपर्ने होला नि ! हो, यी सबैमा चार्टर्ड एकाउन्टेन्टहरुको अहम भूमिका रहन्छ । 

र, राज्यले आफ्नो समृद्धिको नारामा चार्टर्ड एकाउन्टेन्टलाई महत्वपूर्ण भूमिका दिनुपर्छ भन्ने नै मेरो मुल मुद्दा हो । 

अर्को, नयाँ चार्टर्ड एकाउन्टेन्टहरु जो भारतबाट वा नेपालमै पास भएर आएका छन्, उनीहरुलाई क्याम्पस प्लेसमेन्ट गर्ने संस्थाको रुपमा संघलाई विकास गर्न सकियो भने चार्टर्ड एकाउन्टेन्टहरुले ‘रेजुम’ बोकेर संघ संस्थामा जान पर्दैन । 

उद्योगीहरु, संघ, संस्थाका अध्यक्ष, प्रमुख कार्यकारीहरु, कर्पोरेट ग्रुपहरुले त्यहीँ आएर अन्तर्वार्ता लिइदिनुभयो भने त्यो संघ रिर्सोस सेन्टर पनि हुन्छ । संघलाई रिर्सोस सेन्टरको रुपमा विकास गर्नको लागि पनि मेरो उमेदवारी हो ।  

तपाईँले भनेअनुसार यति ठूलो भूमिकामा हुनुपर्ने तपाईँहरु (चार्टर्ड एकाउन्टेन्टहरु) लाई सरकारले किन भूमिका दिइरहेको छैन त ? 

मुल कुरा के लाग्छ भने राज्यले भूमिका नदिएकै भन्दा पनि राज्यलाई हामीले त्यसरी कहिल्यै पनि ‘एड्भोकेसी’ नै गरेनौं ।

आज पनि आम बुझाइ के छ भने चार्टर्ड एकाउन्टेन्टहरु भनेका अडिट गर्ने मात्र हुन् । 

हामी अडिटर हौं, तर अडिट गर्ने मात्रै होइनौं । आज राज्यको बुझाई पनि यिनीहरुले हिसाब–किताब मिलाउने, र अडिट गर्ने मात्रै हुन् भन्ने छ । 

त्यो बुझाइमा ‘ट्रान्सफर्मेसन’ गर्न जरुरी छ । त्यो भनेको के हो भने देशसँग जोडिएका ठूला–ठूला आर्थिक एजेन्डा आउँछन्, ती एजेन्डामा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका अग्रणी हुनुपर्ने थियो ।

कुनै पनि अर्थसँग सम्बन्धि मुद्दामा हामी बोल्न पर्दथ्यो । तर, हामी चार्टर्ड एकाउन्टेन्टहरुले नेपाल सरकार, कर्मचारीतन्त्रसँग र मिडिया जगतसँग पनि सम्बन्ध स्थापित गर्ने धेरै प्रयत्न गरेनौं । त्यसले गर्दा अबको प्रयत्न हामी चार्टर्ड एकाउन्टेन्टहरु एकाउन्टेन्ट मात्रै होइनौं है भन्ने बुझाउनुपर्ने छ । 

संस्थामा कसरी सुशासन कायम गराउने ? तपाईँको संस्थालाई कसरी स्वचालित रुपमा चल्ने बनाउने भन्ने विषयका पनि हामी विज्ञ हौं । 

हामी ‘कम्प्लायन्स इन्स्टक्टर’को भूमिकामा मात्र नरहेर संस्थालाई वास्तविक रुपमा ‘भ्यालु एडिसन’ दिने संस्थामा पनि हामी प्रभावकारी छौं भनेर राज्यसँग छलफल गर्न जरुरी छ । 

हामीले हाम्रो भूमिकाको बारेमा राजनीतिज्ञ, कर्मचारीतन्त्र, निजी क्षेत्रलाई पनि बुझाउन जरुरी छ । 

नेपाल बार एसोसिएसन, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघलगायत संघ, संस्थासँग पनि नजिक रहेर काम गर्नुपर्ने छ । 

त्यसका लागि उनीहरुसँग छलफल, सहमति गर्न जरुरी छ ।

चार्टर्ड एकाउन्टेन्टको विज्ञता, क्षमता अरु कर्पोरेट संस्थाहरुले, कर्मचारीतन्त्रले, सरकारले नै फाइदा लिन सक्छ । यसमा सबैलाई घच्घच्याएर अगाडि बढ्नुपर्ने आवश्यकता देखेको छु । 

आर्थिक पारदर्शिताको विषयमा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण हुन्छ । तर, यसमा तपाईँहरु चुकिरहेको गुनासो सरकारी निकायहरुको छ नि । यसमा तपाईँको भनाइ के हो ? 

चार्टर्ड एकाउन्टेन्टको भूमिकालाई जसरी हामीले बुझाउनुपर्ने हो, त्यसैगरी हामीले बुझाउन सकेनौं वा राज्यले बुझेन । 

कतिपयको बुझाइ के हुन्छ भने चार्टर्ड एकाउन्टेन्टले कुनै पनि संस्थामा अडिट गरिसकेपछि त्यो शतप्रतिशत त्रुटीरहित छ, त्यसमा केही गल्ती हुँदैन भन्ने खालको बुझाइ रहन्छ । यो बुझाइ आम जनता, कर्मचारीतन्त्र र सरकारमा पनि रहेको बेला बखतमा पाएका छौं । त्यो होइन । 

हामीले अडिटिङ गर्ने वा हस्ताक्षर गर्ने भनेको के हो भने हामीसँग भएका अडिटिङ मापदण्डहरु, हामीसँग भएका एनएफआरएस एकाउन्टेन्स् मापदन्डहरु र देशले दिएको कानुनका आधारमा ‘स्याम्पिलिङ बेसिस’मा अडिटिङ गर्ने हो । 

र, त्यो अडिटिङ गर्ने भनेको हामीलाई सिकाइएको प्रक्रियाअन्तर्गत रहेर हामीले काम गर्‍यौं कि गरेनौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । तर, राज्यले हाम्रो भूमिकालाई कहिलेकाँही ‘ओभर एम्फासाइस’, कहिलेकाँही ‘अन्डर एम्फासाइस’ गरेर बुझिदिँदा हामीप्रति हेर्ने नजर फरक पर्न जान्छ । 

यदाकदा कुनै पनि अडिटरले गल्ती नै गरेन त म भन्दिन । कहिलेकाहिँ गल्ती भएका होलान् । 

गल्ती गरेकाहरुलाई संस्थाले कारबाही पनि गर्ने गरेको छ । यो बुझाइ किन पनि भएको हो भने हामी र हामीसँग जोडिएका ‘स्टेक होल्डर’ हरुकाबीचमा जुन तहमा हाम्रो भूमिकालाई बुझिनुपर्ने थियो त्यो सही अर्थमा नबुझिदा ‘मिस अन्डरस्याट्यान्डिङ’ हुने गरेको हो । 

मलाई लाग्छ, यसैलाई बहसको विषयवस्तु बनाएर हामीले हाम्रो भूमिकालाई स्पष्ट गराउन सक्यौं भने यो समस्या हटेर जान्छ । 

नेपालमा चार्टर्ड एकाउन्टेन्टहरु चुनौती के हो ? 

हामी चार्टर्ड एकाउन्टेन्टहरु राज्यको विकाससँग जोडिने हो । राज्यको विकाससँग हाम्रो प्रत्यक्ष भूमिका हुने गर्दछ । जति धेरै संघ, संस्था खुल्छन्, जति धेरै विकासका कार्यहरु अगाडि बढ्छन् त्यति नै धेरै चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका बढ्दै जान्छ । 

जब राज्यले विकासको गति त्यो क्रममा लिँदैन, त्यसपछि हामी पनि जुन प्रभावकारी भूमिकामा हुनुपर्ने थियो, त्यो तहको प्रभावकारी भूमिकामा रहन सक्दैनौं । 

पछिल्लो समयमा हाम्रो क्यापिटल मार्केट, फाइनान्सियल मार्केटले फड्को मार्न सकेको छैन, त्यसले चार्टर्ड एकाउन्टेन्टको भूमिका पनि खुम्चन थाल्यो । 

हामी खुम्चिँदा जुन तहमा प्रभावकारी हुनुपर्ने थियो, त्यति हुन सकेनौं । 

राज्यले पनि हामीलाई जसरी सँगै लिएर विकास मुद्दामा अगाडि बढाउनु पर्दथ्यो त्यो पाएनौं । यसमा दुबैलाई घाटा हुने भयो । 

सबैभन्दा ठुलो चुनौती मैले देखेको के हो भने राज्यले सपनाहरु देखिरहेको छ । 

समृद्ध नेपाल सुखी नेपालको कुरा गरिरहेको छ । सपना देखेको देख्यै छ, अगाडि बढेको बढ्यै गर्नुपर्छ भनेको छ । 

हामी हिजो सिद्धान्त पढ्ने बाहेक तीन वर्षसम्म प्राक्टिकल गरेका हुन्छौं । हामी एक्सपोज भएका मान्छे हौं, तर यसलाई बुझाउन नसक्नु मूल कारण हो । 

अर्को, समस्या के पनि लागि रहेको छ भने चार्टर्ड एकाउन्टेन्ट कि जागिरमा हुन्छन्, किन प्राक्टिसमा । 

अब आफ्नो दायरा नबढाउने हो भने र अडिटिङ पेशालाई मात्रै अगाडि बढाउने हो भने संस्था अगाडि बढ्न सक्दैन । 

चार्टर्ड एकाउन्टेन्टहरु त बढ्दै आए । यसले नयाँ चार्टर्ड एकाउन्टेन्टले भूमिका कम पाउने भए, यो चुनौती छ । अर्को, चार्टर्ड एकाउन्टेन्टहरुको संख्या बढ्दै गए तर बैंक तथा वित्तीय संस्थाहरु बढेका छैनन् । 

अब एउटै संस्थामा चार्टर्ड एकाउन्टेन्टहरु धेरै हुन थाले । यसले उनीहरुको पोजिसन पनि कम हुँदै जाने भयो । 

अब हाम्रा सदस्यहरुलाई चुनौती के छ भने अब हाम्रो क्षेत्रको दायरालाई बढाएर लैजानु पर्छ । 

अब हामीले राज्यका सबै निकायसँग भूमिका बढाउनुपर्छ, यो नै चुनौती हो । 

मेरो प्रतिबद्धता के पनि हो भने यसलाई महसुस गर्ने गरी, राज्यले महसुस गर्ने गरी अरु दशौं हजार चार्टर्ड एकाउण्टेण्टहरु विकासका मुद्दासँग, विकासको गतिसँग प्रत्यक्ष सहभागी बनाउने हो । 

नीति निर्माण तहमा, नियामक निकायमा प्रत्यक्ष सहभागी हुने बित्तिकै हामी धेरै चार्टर्ड एकाउन्टेन्टहरु राज्यका निकायमा फैलिन्छौं र राज्यको विकास गतिमा पनि प्रत्यक्ष भूमिका निर्वाह गर्न सक्छौं । 

निर्वाचित भएर आएलगत्तै तपाईँले कुन–कुन कामलाई प्राथमिकतामा राख्नुहुन्छ ? 

पहिलो काम सरकारसँग सहकार्य गर्ने र चार्टर्ड एकाउन्टेन्ट पेशालाई ब्रान्डिङ गर्ने गर्दै राज्यका हरेक निकायमा सीएको भूमिकालाई स्थापित गर्ने । 

दोस्रो, संघलाई क्याम्पस प्लेसमेन्टको रुपमा विकास गर्ने । 

तेस्रो, राज्य संघीय संरचनामा गइसकेकाले सीए संस्थालाई प्रादेशिक तहमा लैजाने ताकी त्यसले स्थानीय तहमा पनि प्रभाविकारी भूमिका खेल्न सकोस् ।

चौथो, चार्टर्ड एकाउन्टेन्टहरुले आफूले अपडेट गरिरहनुपर्ने भएकाले संस्थालाई रिसोर्स सियरिङ प्लाटफर्मको रुपमा विकास गर्ने ।

पाँचौँ, जति पनि निजी संघ, संस्थाहरु छन्, उनीहरुसँग सहकार्य गरेर आ–आफ्नो भूमिकाबारे महसुस गराउने । 

प्राक्टिसमा रहेका चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका विस्तार गर्दै लैजाने । 

सीएलाई पोस्ट ग्राइजुएटकै तहमा स्थापित गराउन पहल गर्ने । यी मुद्दालाई मेरो टिमले अगाडि बढाउँछ । 

तपाईँको प्रतिस्पर्धा हालका अध्यक्षसँगै हुने देखिन्छ । तीव्र प्रतिस्पर्धा होला । संघका सदस्यहरुले तपाईँलाई नै अध्यक्ष किन बनाउने ? 

नेतृत्व चलायनमान हुन्छ । संघहरुमा नेतृत्व चलेर जानुपर्छ । एउटा पुस्ताले अर्को पुस्तालाई नेतृत्व दिनुपर्छ । यहि नै नेतृत्वको सकारात्मक पक्ष हो । 

हाम्रो विधानमा अध्यक्षले कुनै काम गर्न बाँकी छ भने निवर्तमान अध्यक्षको रुपमा पनि काम गर्न सक्छ । 

विरासत दिने जुन संस्कार छ, त्यसलाई सहज रुपमा अगाडि बढाउनुपर्छ ।

मलाई लाग्छ म मेरिटमा मन पराउने मान्छे हो । म डेलिभरिमा विश्वास गर्ने मान्छे हो । 

कामै गरेर आफूलाई प्रमाणित गर्नुपर्छ भन्ने मेरो मान्यता छ र म त्यही रुपमा अगाडि बढ्छु । 

म स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छु र नेतृत्वको नेचुरल प्रोसेसमा अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC