site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राजन भन्छन्– अब म पछि हट्दिन, विना अनुमति गीत बेच्नेलाई कारबाही गराएर नजिर बसाउने हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले रञ्जना म्युजिक कम्पनीका सञ्चालक भगवानकुमार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

रञ्जना म्युजिकले सम्बन्धीत सर्जकसँग अनुमति नलिई गीतसंगीत अनधिकृत रुपमा प्रयोग तथा बिक्री वितरण गरेको उजुरीको आधारमा श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता बोगटीले श्रेष्ठ बिरुद्ध प्रतिलिपि अधिकार हनन्को मुद्दा दर्ता भएको छ । उनका अनुसार माघ २६ गते गायक तथा संगीतकार राजन इशानले आफ्नो गीत ‘बसमा छैन मेरो मन’ बिनास्वीकृति बेचेको भन्दै सञ्चालकविरुद्ध उजुरी दिएका थिए ।

राजनले इन्द्रेणी क्यासेट सेन्टर बिरुद्ध पनि प्रहरीमा मुद्दा दर्ता गरेका छन् । 

Global Ime bank

आफूसँग कपिराइट नलिई देश तथा विदेशका विभिन्न म्युजिक कम्पनी तथा प्लेटफर्मलाई आफ्ना गीत बिक्री गरेका कारण आफूले वाध्य भएर प्रहरीमा उजुरी गरेको राजनले बताए । “म मात्रै होइन म जस्था थुप्रै सर्जकका गीत विभिन्न म्युजिक कम्पनीहरुले दुरुपयोग गरेका छन्,” राजन बाह्रखरीसँग भन्छन्, “यो हाम्रो अधिकारको लडाईं हो । आफ्नो सम्पत्ति खोसिएपछि न्याय खोजिएको हो । अहिलेसम्म जति पनि कपिराइटका मुद्दामामिला भएका छन् । ति प्रहरीमा पुगेपछि कागज गरेर (मिलापत्र) गरेर टुङ्गिएका छन् । तर म मुद्दा नै लड्छु । अरुको बौद्धिक सम्पत्ति दुरुपयोग गर्नेलाई कारबाही हुन्छ भन्ने नजिर स्थापना गर्न चाहन्छु ।”

अन्य गायक–गायिका पनि सर्जकसँग अनुमति नलिई गीतसंगीतको अनधिकृत प्रयोग गर्ने म्युजिक कम्पनी तथा एग्रिगेटरबिरुद्ध एकसाथ मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छन् । 

गीत–संगीत चोेरी गर्ने कम्पनीलाई कारबाहीको माग गर्दै गीतकार, गायक तथा संगीतकाहरूले फौजदारी अभियोगअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको संगीतकार लक्ष्मण शेषले जानकारी दिए । करिब १० जना अग्रज श्रष्टाहरुले एकैपटक मुद्दा दर्ता गर्ने उनको भनाइ छ ।

“मुद्दा दर्ता गर्नुअगाडि चोरी गर्ने म्युजिक कम्पनीहरूविरुद्ध बलियो प्रमाण संकलन गरिसकेका छौं,” उनले भने, “सरकारलाई विश्वास गर्दै हामी हाम्रा कानुनी अधिकार पनि एकसाथ खोज्दै जान्छौं ।” 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC