site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्षका कारण उत्पन्न गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा अनावश्यक र अनुचित विवाद राष्ट्रकै लागि प्रत्युत्पादक हुने लक्षण देखिन थालेको छ । सम्भवतः अहिलेसम्मकै नेपाललाई कुनै मुलुक वा संस्थाले दिएको सबैभन्दा ठूलो अनुदान सहयोग एमसीसीलाई यससँग जोडिएका सुशासन र पारदर्शितासम्बन्धी सर्तहरू देखाएर विवादको विषय बनाइयो । तर, नेपाली रुपियाँ पचपन्न अर्बभन्दा बढीको अनुदान सहयोगका सम्बन्धमा गरिएको छलफलमा प्राविधिक वा आर्थिक विषय भने उठेन । अमूर्त ‘राष्ट्रवाद’ र अनुदानसँग सम्बन्ध नै नभएको ‘सार्वभौम सत्ता’को विषय उठाएर एमसीसीका सम्बन्धमा भ्रम फैलाउन सत्तारुढ दलकै संयन्त्रसमेत प्रयोग गरियो । फलस्वरूप, अहिले एमसीसीको नामसमेत भन्न नजान्नेहरूसमेत सडकमा यसको विरोध गर्दैछन् । यसले देशमै अमेरिकाका पक्ष र विपक्षमा जनमत विभाजित हुने जोखिम बढेको छ ।

सत्तारूढ दलकै नेताहरूको अगुवाइमा सुरु भएको एमसीसीको विरोध अभियानमा अहिले सबैजसो कम्युनिस्ट घटकहरू सामेल भएका छन् । त्यतिमात्र हैन, उदार लोकतन्त्र विरोधी अनुदार जमात पनि एमसीसीविरुद्ध घृणा अभियानमा संलग्न रहेको देखिन्छ । चौतारा, चियापसलदेखि सामाजिक सञ्जाल, सञ्चार माध्यम र संसद्मा समेत एमसीसीलाई राष्ट्रियताकै लागि खतरा सिद्ध गर्ने गोयबल्सहरूको प्रचार जारी छ । नेपाली जनमानसको एउटा समूहको कामै एमसीसीविरुद्ध घृषा र विद्वेषको विष वमन हुन पुगेको छ । तर, एमसीसीका पक्षमा रहेको देखाउने प्रधानमन्त्री केपी ओलीको सरकारले भने भ्रामक प्रचारवाजीको उत्तर दिने सार्थक प्रयास गरेन । उल्टै कट्टरपन्थी कम्युनिस्ट समूहको तुष्टीकरणका लागि पार्टीका नेताहरू र परराष्ट्रमन्त्रीसमेत रहेको कार्यदल बनाएर ‘गोयबल्स’हरूकै उद्देश्य पूरा गर्‍यो । अनावश्यक विवाद चर्किएर अविश्वासको घाउ सैन पल्टने बेला भइसक्यो तर पार्टीको कार्यदललाई भने विश्व इतिहासकै उत्खनन गर्ने जसरी म्याद थप गरिएको छ । लाग्छ, ‘राष्ट्रियता’को नाम जप्दै कम्युनिस्टहरू उदार लोकतन्त्रलाई चोट पुर्‍याउन एमसीसीमाथि प्रहार गर्दैछन् । 

परियोजनाहरूमा हुने भ्रष्टाचारले मुलुकलाई नै थला बसाउन लागेका बेला एमसीसीमा छानिएका योजना र तिनको कार्यान्वयनका लागि पालना गर्नुपर्ने सर्तहरू यथार्थमा अनुकरणीय छन् । सडक र विद्युत्का ठूला आयोजना निश्चित समयमा सम्पन्न गर्नुपर्ने गरी कार्यान्वयन गर्ने राष्ट्रिय क्षमता यसले बढाउनेछ । यस्तै, पारदर्शिता र प्रतिस्पर्धाका प्रावधानहरूले यस परियोजनामा भ्रष्टाचारको सम्भावना पनि एकदमै न्यून हुन्छ । त्यसबाट पनि सिक्न सकिनेथियो । तर, ‘चीनलाई घेर्न एमसीसी सुरु गरिएको’ वा ‘सैन्य गठबन्धनको अंग’ रहेको जस्ता भ्रम फैलाएर थालिएको विवादले संसद्ले योजना पारित गरे पनि कार्यान्वयन गर्न कठिन हुने परिस्थिति उत्पन्न गरियो । सायद, महत्त्वाकांक्षी चिनियाँ योजना ‘बेल्ट एन्ड रोड’को अमेरिकी अधिकारीले नेपालमा गरेको आलोचनाको उत्तर चीनले एमसीसीका सम्बन्धमा आफ्ना हितैषीहरूलाई प्रयोग गरेर दिएको हुनसक्छ । कोरोनाभाइरससमेत अमेरिकाले फैलाएको हल्ला हो भन्नेहरू नै एमसीसीको विरोधमा अग्रपंक्तिमा जो देखिएका छन् । जेहोस्, अमेरिका र प्रकारान्तरले पश्चिमी लोकतान्त्रिक शक्तिहरूलाई नेपालप्रति सशंकित बनाउने काम कम्युनिस्टहरूले गरेका छन् । यसैले अब एमसीसीको अध्ययनका नाममा यसलाई थप गिजोल्ने काम नगरियोस् । बरु सरकारले अमेरिकी अनुदान नलिने घोषणा गरे थप क्षति हुनेछैन । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC