site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्र निर्माणमा युवाको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रका लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरूलाई शुक्रबार ललिपुरमा दर्ज्यानी चिह्न प्रदान गदैं उनले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुसाशित युवाको आवश्यकता रहेको बताए । उनले समाज र राष्ट्र निर्माणमा युवाहरूलाई ध्यान केन्द्रित गर्न पनि गरे । “तपाईंहरूमाथि केवल आफ्ना अभिभावकहरूको मात्रै आशा र सपना निहित छैन, तपाईंका प्राध्यापक, नातेदार, समाज र राष्ट्रको पनि सपना र आशा छ । त्यसैले सर्वोत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नोे  मनोबल उच्च गराउन आवश्यक छ,” उनले भने, “हरेक युवाले आफूमा कुशल नेतृत्व क्षमताको विकास नैतिक आचरण र अनुशासनको परिपालना निश्चित गर्दै समाज र राष्ट्रप्रतिको आफ्नो कर्तव्य बुझ्ने र पूरा गर्ने कर्तव्यनिष्ठ नागरिक बन्न ध्यान केन्द्रित गर्छु ।” प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरूको चौतर्फी व्यक्तित्व विकासमा हरसम्भव सहयोग गर्न कटिबद्ध रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले युवाहरू एकजुट भई काम गरे जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने उल्लेख गर्दै सबै युवालाई असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सुझाए । उनले राष्ट्रिय सेवा दलबाट तालिम पाई सैनिक कला, नेपाली संस्कृतिको संरक्षण, परम्परालाई बचाउन र देशप्रति गौरव बढाउन दीक्षित भएका विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने बताए ।

राष्ट्रिय सेवा दलका संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले दलको सुदृढीकरण र जनस्तरसम्म पु¥याउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । राष्ट्रिय सेवा दलले आयोजना गरेको सय दिनका तलिममा विभिन्न विद्यालयका सात हजार सात सय विद्यार्थी सहभागी थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC