site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिका-तालिबान वार्ता : सात दिन युद्धबिराम गर्ने सहमति 
Sarbottam CementSarbottam Cement

वासिङ्टन । संयुक्त राज्य अमेरिका र तालिबानबीच सात दिन हिंसात्मक गतिविधि नगर्ने सम्झौता भएको अमेरिकी रक्षा मन्त्री मार्क इस्पेरले बताएका छन् । उनले तालिबानसँग १८ वर्ष लामो युद्ध अन्त्य गर्दै शान्ति सम्झौता हुने अपेक्षा गरेका छन् ।

" राजनीतिक सम्झौतामार्फत् अफगानिस्तानको समस्याको समाधान गर्न हामीले जतिसक्दो राम्रो गरेका छौं । यस किसिममा प्रगति भइरहेको छ र हामीलाई चाँडै यस विषयमा रिपोर्ट हुने अपेक्षा गरेका छौं," रक्षा मन्त्री इस्पेरले बिहीबार ब्रसेल्समा पत्रकारसँग कुरा गर्दै भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आंशिक युद्धबिराम कहिलेदेखि सुरु हुने भन्‍ने बताएनन् । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार शान्ति सम्झौताको 'धेरै नजिक' पुगेको बताए । "मलाई लाग्छ, हामी धेरै नजिक छौं," ट्रम्पले भने, "मलाई लाग्छ, त्यहाँ धेरै राम्रा अवसरहरु छन् । हामीले यस किसिमको सम्झौता गर्नेछौं.... । यस विषयमा आगामी दुई सातामै थाहा हुन्छ ।" 

अमेरिका र तालिबानबीचको महत्त्वपूर्ण प्रगति भएको भन्‍ने संकेत ट्रम्पको पछिल्लो प्रतिक्रियाले स्पष्ट पारेको छ । - अलजजिरा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC