site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एनआरटीविरुद्ध शेर्पाको जित  
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले जित निकालेको छ । शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्समा लिगको आफ्नो अन्तिम खेलमा शेर्पालाई जित दिलाउन स्टेफन समिर र त्रिदेव गुरुङले एक–एक गोल गरे । खेलको ३० औँ मिनेटमा राजेश परियारले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, खेलको ४१ औँ मिनेटमा शेर्पाका लागि स्टेफन समिरले बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई २–१ गोलको जित दिलाए ।

जितसँगै शेर्पा क्लब १४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लियो । एनआरटी १५ अंक सहित नवौं स्थानमा रहँदै लिगको अन्त्य गर्याे । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC