‘भ्यालेन्टाइन ब्वाय’

‘भ्यालेन्टाइन ब्वाय’

काठमाडौं । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवश नेपाली क्रिकेटलाई विशेष दिनका रूपमा लिइन्छ । सन २०१८ फेब्रुअरी १४ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत अन्तिम खेल नेपाल र क्यानडाको रहेको थियो । सो खेल जिते विश्वकप छनोट खेल्न पाउने र हार्दा नेपाल विश्वकप छनोट खेल्न नपाउने अवस्थामा थियो ।

उक्त खेलमा नेपालले क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित निकाल्दै विश्वकप छनोटको ढोका खोल्न सफल भयो । त्यति मात्र होइन त्यो जितबाट नेपालको स्तर माथि पुग्यो ।

पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य पेस गरेको थियो, तर ब्याटिङ कजोर हुँदा नेपालले १४४ रनमा ९ विकेट गुमाएपछि नेपालको हार लगभग निश्चित थियो । त्यो बेला नेपाली क्रिकेट टिमले चमत्कार गरेमात्र सो खेल जित्न सक्थ्यो ।

त्यस अवस्थामा नेपाललाई ४८ बलमा ५१ रन चाहिएको थियो र साथमा १ विकेट मात्र बाँकी थियो ।

जित असम्भवजस्तै बनेको खेलमा मैदान प्रवेश गरेका करन केसीले ३१ बलमा अविजित रहँदै ४२ रन पारी खेले । जुन विश्व क्रिकेटको इतिहासमै चामत्कारिक ब्याटिङ गर्दै विजय प्राप्त गर्नेमध्ये एक खेल मानिन्छ । करनले सन्दिप लामिछानेसँग मिलेर ५१ रनको साझेदारी गर्दै जित दिलाएका थिए ।

अन्तिम ओभरसम्म क्रिजमा डटेर ब्याटिङ गरेका उनले ४ छक्का र ३ चौका समेत प्रहार गरेका थिए ।

नेपालको जितपछि विश्वकप छनोट खेल्ने अवसर प्राप्त गर्‍यो । विश्वकप छनोट खेलमा राम्रो प्रदर्शन गर्दै नेपालले ऐतिहासिक एकदिवसीय मान्यता समेत प्राप्त गर्‍यो । फेब्रुअरी १४ अर्थात् प्रणय दिवसको दिन जित दिलाएको हुनाले त्यस दिनदेखि उनको नाम भ्यालेन्टाइन ब्वाय रहन गएको हो ।

नेपाली क्रिकेट इतिहासमा सो इनिङ अविस्मरणीय रहेको छ ।

प्रतिकृया दिनुहोस
ad