site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बर्दघाट नगरपालिका स्तनपान कक्ष
Sarbottam CementSarbottam Cement

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा  ल्याएको छ । महिला कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी नगरपालिकाले छुट्टै स्तनपान कक्ष सञ्चालन ल्याएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।

“सेवाग्राही र कार्यालयमा कार्यरत कर्मचारीका लागि सहज होस् भन्ने ध्येयले स्तनपान कक्ष स्थापना गरिएको हो । अहिले ढुक्कका साथ स्तनपान कक्षमा आराम गर्दै आफ्नो बच्चालाई स्तनपान गराउन सहज भएको छ”, उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

झट्ट सुन्दा र देख्दा  सामान्य जस्तो लागे पनि यसको महत्व र यसले पार्ने प्रभाव  ठूलो रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यले बताए । “खुला ठाउँमा स्तनपान गराउन महिलालाई असहज हुँदा बच्चाले समयमा स्तनपान गर्न पाउनुपर्ने अधिकारबाट वञ्चित हुने स्थिति सिर्जना नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो”, उनले भने । 

बर्दघाट नगरपालिकाले २०७६ चैतभित्र बालमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएको छ ।  बालअधिकारसँग पनि स्तनपान कक्षको महत्व जोडिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ले हरेक सार्वजानिक निकायमा अनिवार्य स्तनपान कक्ष स्थापना गर्नुपर्ने व्यवस्था गरेको छ । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC