site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 अमेरिकाद्वारा भारतसँगको व्यापार सम्झौता पुनर्स्थापनाका लागि अस्वीकार
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरीको अन्तिम साता भारत भ्रमण गर्ने भएका छन् । ट्रम्पको भारत भ्रमणका क्रममा अमेरिका-भारतबीच व्यापार सम्झौता हुने अपेक्षा गरिएको थियो । भारतीय सञ्‍चारमाध्यमहरुले ट्रम्पको भारत भ्रमणका क्रममा 'ठूलो व्यापार सम्झौतापत्रमा हस्ताक्षर हुने' समाचारहरु लेखेका थिए । 

तर, भारतले अपेक्षा गरे अनुरुप र भारतीय सञ्‍चामाध्यमले लेखेअनुसार ट्रम्पको भारत भ्रमणका क्रममा उक्त सम्झौता नहुने भएको एसिया टाइम्सले उल्लेख गरेको छ । अमेरिकाको जनरलाइज्‌ड सिस्टम अफ प्रिफेरेन्सेस (जीएसपी) स्कीम अर्थात अमेरिकाबाट आयात गर्ने वस्तुमा विशेष छुटको योजना)बाट लाभ लिने भारतको आशा निराशामा परिणत हुने भएको छ । 

अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयले भारतलाई विकसित मुलुकको सूचीमा राखेको हुँदा उक्त योजनाअन्तर्गत भारतले लाभ लिन नसक्ने नसक्‍ने जनाएको हो । यो स्किम विकासशील मुलुकहरुका लागि भएको जनाइएको छ । यस स्किमअर्न्तगत अटोमोबाइल्सदेखि टेक्सटाइल्ससम्मका दुई हजार वस्तुमा विशेष छुटको व्यवस्था गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस विशेष व्यापार योजनाअन्तर्गत भारतीय निर्यातकर्ताहरुलाई अमेरिकासम्म ट्‍यारिफ-फ्रि पहुँच प्राप्त गर्न सकिने प्रस्ताव गरिएको थियो । कंग्रेसनल रिसर्च सर्भिस रिपोर्टका अनुसार भारत सन् २०१७ को ५.७ बिलियन आयातित सामानको सबभन्दा ठूलो लाभग्राही मुलुक भएको जनाइएको छ । 

अमेरिकाले प्रति व्यक्ति आय १२ हजार ३७५ अमेरिकी डलरभन्दा कम भएको र विश्व व्यापारमा ०.५ प्रतिशत सेयर भएको मुलुकलाई लाभग्राही मुलुकको रुपमा छनोट गर्दछ । अमेरिकी प्रतिनिधिका अनुसार भारतले विश्वव्यापारमा आवश्य हुने सेयरभन्दा बढी हिस्सा ओगटेको छ । सन् २०१७ मा भारतको विश्व व्यापार बजारमा २.१ प्रतिशत निर्यात गरेको थियो भने २.६ प्रतिशत आयात गरेको थियो । 

Global Ime bank

गत जुनमा भारतले अमेरिकी कम्पनीलाई 'समान र उचित पहुँच' प्रदान गर्न सक्‍ने प्रतिबद्धता व्यक्त नगरेपछि अमेमेरिकाले भातरलाई दिइने विशेष व्यापार योजनाको अन्त्य गरेको थियो । भारतले व्यापारमा अवरोध सिर्जना गरेकोले त्यसको नकारात्मक असर अेमरिकि वाणिज्य क्षेत्रमा पर्ने ठहर गरेको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा भारतलाई छुट दिइएका ५० वटा वस्तुमा छुट नदिइने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसपछि भारतीय वाणिज्य र उद्योगमन्त्री पियुस गोयलले भारतलाई कसैको छुट आवश्यक नभएको र आफैं प्रतिस्पर्धा गर्न सक्षम भएको प्रतिक्रिया दिएका थिए । यद्पि मन्त्रालयले भारत-अमेरिकाको व्यापार वार्तालाई पनि जारी राखेका छन् । 

भारतीय व्यापारीहरुले भारतीय निर्यात प्रेसरमा परेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको बताएका थिए । 

भारतीय सञ्‍चारमाध्यम सीएनबीसीले रक्षा, उर्जा, मेडिकल र कृषि क्षेत्रका विषयमा भने वार्ता हुने जनाएको छ । त्यसैगरी ट्रम्पको भ्रमणअघि २.६ बिलियन डलरको सैन्य हेलिकोप्टरका लागि पनि सहमति दिने भारतको तयारी रहेको रोयटर्सले जनाएको थियो । - एजेन्सीहरुको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC