Skip Advt.

नेपाल आइडलबाट बाहिरिन् मिग्मा लामा 

नेपाल आइडलबाट बाहिरिन् मिग्मा लामा 

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता मिग्मा लामा बाहिरिएकी छिन् । रचना रिमालले सबैभन्दा धेरै भोट ल्याउँदा मिङ्मा बाहिरिइन् । 

गत हप्ताको प्रस्तुतीका आधारमा बिहीबार साँझको श्रृंखलाबाट उनी बाहिरिएकी हुन् । उनी नेपाल आइडलको जारी सिजनकै बलियो प्रतिस्पर्धीका रुपमा रहेकी थिइन् । यद्यपि मिग्मा  भोटका कारण बाहिरिएकी हुन् । 

नेपाल आइडलमा अब ९ जना प्रतिस्पर्धी बाँकी छन् । 

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।
 

प्रतिकृया दिनुहोस
ad