site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

वासिङटन (अमेरिका), १९ साउन । अमेरिकी रिपब्लिकन पार्टीका महत्वपूर्ण कोष सङ्कलक मेग ह्वीटम्यानले द न्युयोर्क टाइम्ससँगको कुराकानीमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति बनेका नेता डोनाल्ड ट्रम्पलाई ‘खतरनाक दुर्जनहरुको नेता’ भनी आलोचना गरेका छन् ।

उनले आफ्नो अर्थ सङ्कलन अभियानबाट जुटेको सबै पैसा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् अमेरिकी नयाँ राष्ट्रपतिकी उम्मेदवार क्लिन्टनलाई दिनेसमेत मङ्गलबार बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

म हिलारीलाई मतदान गर्छु र मेरा रिपब्लिकन साथीहरुलाई पनि हिलारीलाई मतदान गर्न अनुरोध गर्नेछु, ह्वीटम्यानले बताए । खर्बपति ह्वीटम्यान हेवेल्ट प्याकार्ड इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत हुन् ।  उनले ‘इवे’ को कार्यकारी प्रमुखका रुपमा समेत काम गरेका थिए । उनी सन् २०१० मा क्यालिफोर्नियाबाट गभर्नरका लागि प्रतिस्पर्धा गरे पनि जित भने हासिल गरेका थिएनन् ।  न्युयोर्क टाइम्ससँगको अन्तरवार्तामा रिपब्लिकन उम्मेदवार ‘ट्रम्पलाई बेइमान एवम् दुर्जन नेता’ भएको भन्दै ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित गर्नु भनेको मुलुकलाई ‘खतरनाक यात्रा तिर पु¥याउनु’ हुने बताए।

ह्वीटम्यानले यस वर्ष ट्रम्पले दिएका प्रतिक्रिया हेर्दा उनलाई जर्मन तानाशाह हिटलर र इटालीका तानाशाह मुसोलिनीसँग तुलना गर्न सकिने बताए । ह्वीटम्यानले एक महिना पहिले हिलारीले आफूलाई टेलिफोन मार्फत सघाउन आग्रह गरेको बताउँदै आफू पूर्व विदेश मन्त्री बनिसक्नु भएकी भद्र नेत्री हिलारीको पक्षमा चुनावी अभियानमा समेत लाग्ने बताए । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २०, २०७३  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC