site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
'विभिन्न सूचकाङ्कमा नेपालको अवस्था सुधार'
Ghorahi CementGhorahi Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा सफल भएको बताएका छन् । उनले वर्तमान सरकारले जनताको पक्षमा देखिने गरी काम गरेको भन्दै यस अवधिमा कुनै पनि नराम्रो काम नभएको स्पष्ट पारे । 

सञ्चार तथा सूचना मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने,“सरकारले एउटा पनि नराम्रो काम गरेको छैन । जति काम भएका छन् ती सबै राम्रा छन् ।” 

उहाँले वर्तमान सरकारले विगतमा मुर्छित् अवस्थामा रहेका सपना बिउँझाएको र यथार्थतामा परिणत गरेको बताए । मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले मुर्छित् सपना ब्यूउझाउँदै यथार्थतामा परिणत गरेको र कार्यान्वयनमा लगेको समेत उल्लेख गरे । मन्त्री बाँस्कोटाले भन्नुभयो,“वर्तमान सरकार गठन भएपछि मुर्छित् सपना ब्यूँझिएका मात्रै छैनन् जीवन्त पनि बनेका छन ।” 

Agni Group

सरकारको काम कारवाहीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्बोधन गर्ने र आम जनतालाई जानकारी दिने मन्त्री बाँस्कोटाको भनाइ छ । प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची छ । सरकारका प्रवक्ता बाँस्कोटाले विभिन्न सूचकाङ्कमा नेपालको अवस्था सुधार भएको तथ्याङ्क नै सुनाए । 

वर्तमान सरकार गठन भएपछि विधिको शासन बलियो भएको, भ्रष्टाचार घटेको, शान्ति सुरक्षाको अवस्थामा उल्लेख्य सुधार आएको तथा ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सङ्कल्पको नजितासमेत देखिन थालेको स्पष्ट पार्नुभयो । मन्त्री बाँस्कोटाले जनताको जीवनस्तरमा सुधार आएको भए पनि सरकारले सोचे जस्तो नभएको बताए  । 

Global Ime bank

अन्तरराष्ट्रिय एक संस्थाले गरेको अध्ययनमा नेपालको ‘डेमोक्रेसी इन्डेक्स’मा समेत सुधार आएको मन्त्री बाँस्कोटाले जानकारी दिए । उनले भने,“त्यो सुधारले अधिनायकवादको हौवाले समेत हावा खाएको छ ।”

उनले जयनगर–कुर्था खण्डमा रेल केही समयभित्रै गुड्ने, पूर्व–पश्चिम रेलमार्ग, काठमाडौँ–केरुङ रेलमार्गलगायतका रेलमार्गको प्रारम्भिक अध्ययान सकिएको समेत जानकारी दिए । अध्ययन पूरा भएका आयोजना निकट भविष्यमा नै शुरु हुने उनको भनाइ छ ।

पानी जहाजको कार्यालय खोलिएको, सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम शुरु हुन लागेको उल्लेख गर्दै उहाँले तीन हजार किलोमिटरभन्दा बढी सडक कालोपत्र भएको बताए । दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको जानकारी दिँदै उनले नेपालको आर्थिक अवस्थामा त्यसले परिवर्तन ल्याउने बताए । 

 ‘ब्रोड ब्याण्ड कनेक्टिभिटी’मा समेत ठूलो सुधार भएको जानकारी दिँदै उनले ‘साइबर सेक्युरिटी’मा काम भएको, ‘डिजिटल इकोनोमी’तर्फ जान लागिएको, ‘सेक्युरिटी प्रिन्टिङ’को कामसमेत अगाडि बढ्न लागेको तथा ‘क्लिन फिड’ कार्यान्वयन गराउन लागिएको बताए । 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा गरेको सम्बोधन, डाबोसमा नेपालले जनाएको उच्चस्तरीय प्रतिनिधित्व तथा अन्तरर्राष्ट्रिय क्षेत्रमा गरेको सम्बन्ध सुधारलगायतका काममा सरकार सफल भएको मन्त्री बाँस्कोटाको भनाइ छ । प्रधानमन्त्री ओलीलाई ‘अन्तरराष्ट्रिय भिजनरी लिडर अवार्ड’ दिएर सम्मान गरेको जानकारी दिँदै उनले भने, “अन्तरराष्ट्रिय समुदायले त्यो भिजनरी लिडर अवार्ड त्यत्तिकै दिएको हो र रु” मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले पाउनुभएको सो अवार्ड नेपालका प्रधानमन्त्रीले पाउनु गौरवको विषय भएको उgको भनाइ छ । 

मन्त्री बाँस्कोटाले वर्तमान सरकारले सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट पार्दै कालापानी, लिम्पियाधुराको विषयमा समेत दह्रो अडान राखेको बताए । नेपालको सार्वभौमसत्ताको रक्षाका विषयमा समेत महत्वपूर्ण काम भएको भन्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई पटक नेपाल भ्रमण भएको, बिमेस्टेक सम्मेलन आयोजना गरिएको र सगरमाथा संवादसमेत गर्न लागेको समेत उल्लेख गर्नुभयो । उहाँले नेपालको आफ्नो भूउपग्रह राख्ने विषयमा लाओससँग सहमति भएको समेत जानकारी दिए । 

फरक एक प्रसङ्गमा मन्त्री बाँस्कोटाले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सन्दर्भमा सरकारले तत्काल कुनै सोच  नबनाएको बताए ।  - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC