Skip Advt.

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता हुँदै

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता हुँदै

काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स शनिबार सुरु हुँदै छ । प्रतियोगिताको छैटौं संस्करणको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

शनिबार सुरु हुने प्रतियोगिता बुधबार सकिनेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउँदै छन् । प्रतियोगिता माछापुच्छ्रे बैंक र एसएस इभेन्टस्को संयुक्त आयोजना हुँदै छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले यमाहाको एफजेड भी मोटरसाइकल प्राप्त गर्नेछन् । प्रतियोगिता ५ ओभरको हुनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर, फिल्डर, विकेटकिपरसहित सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा २३ कर्पोरेट हाउसले सहभागिता जनाउँदै छन् ।

प्रतिकृया दिनुहोस
ad