site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
असार मसान्तमै काठमाडौंमा मेलम्चीको पानी : खानेपानीमन्त्री मगर
Ghorahi CementGhorahi Cement

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले असार मसान्तभित्रमै मेलम्चीको पानी काठमाडौं ल्याई जनतामा देखिएको निराशाको अन्त्य गर्ने प्रतिबद्धता जनाएकी छन् । मेलम्ची खानेपानी आयोजनाको स्वेत पत्र सार्वजनिक गर्दै मन्त्री मगरले असार मसान्तसम्म मेलम्चीको काम सम्पन्न भई काठमाडौंमा पानी आइसक्ने दाबी गरिन् ।

मन्त्री मगरले भनिन्, “हामीले असार मसान्तभित्र काम छिटोभन्दा छिटो सम्पन्न गर्ने गतिमा काम अघि बढाएका छौं । आयोजना, ठेकेदार कम्पनी, कन्सलट्यान्टलगायत सम्पूर्ण टिम सोही गतिमा लागिराखेका छौं ।” यसले स्वभाविक रुपमा पटक पटक पार्दै आएको निराशाको अन्त्य हुने दाबी उनले गरिन् ।

Agni Group

मन्त्री मगरले सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा वागमती नदीम्मको आयोजनाको कामसमेत असारसम्ममै सम्पन्न हुने बताइन् । 

सो अवसरमा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मुख्य बाँध असार मसान्तसम्म सम्पन्न नहुने भएकाले तत्कालका लागि वैकल्पिक बाँधबाट पानी ल्याउने व्यवस्था गरिएको बताए । उनका अनुसार सुरुङ सम्पन्न तथा अस्थायी रूपमा पानी डाइभर्सनका लागि नवनियुक्त निर्माण व्यवसायी सिनो हाइड्रोबाट भएको साइट व्यवस्थापन तथा निर्माण सन्तोषजनक रहेकाले २÷३ महिना पहिले नै काम सक्ने विश्वास गरिएको हो । खत्रीका अनुसार आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र अहिलेसम्म २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भइसकेको जानकारी दिए ।

Global Ime bank

मेलम्चीको काममा इटलियन कम्पनी सीएमसीले छाडेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा एक वर्षभित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । काम बीचैमा छाडेर हिँडेको सीएमसीले स्थानीय श्रमिक तथा सब–कन्ट्र्याक्टरको भुक्तानी नदिएका कारण समस्या र अवरोध खेप्नुपरेको खत्रीले बताए ।

पछिल्लो समय सरकारले कामदारको ज्यालाबापत २ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । भने सीएमसी आबद्ध स्थानीय आपूर्तिकर्तालगायतको भुक्तानीका लागि मन्त्रालयबाट सहसचिवको संयोजकत्वमा गठीत ६ सदस्यीय प्राविधिक समितिबाट अध्ययन भइरहेको मन्त्रालयले दाबी गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC