Skip Advt.

लिगको अन्तिम खेलमा एपीएफको बराबरी

लिगको अन्तिम खेलमा एपीएफको बराबरी

काठमाडौं । सहिद स्मार ए डिभिजन लिगमा एपीएफले ब्रिगेड ब्वाईज क्लबसँग बराबरी खेल्दै यो संस्करणको ए डिभिजन लिगको अन्त्य गरेको छ ।

बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले ब्रिगेडसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ४४ औँ मिनेटमा आशिस लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको ब्रिगेडले दोस्रो हाफमा बराबरी गोल फर्काएको हो ।

खेलको इन्जुरी समयमा विजय गुरुङले गोल गर्दै ब्रिगेडलाई बराबरीमा रोके । बराबरीसँगै एपीएफ तालिकाको १२ औँ स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । एपीएफलको १३ खेलबाट ९ अंक छ ।

ब्रिगेडले भने १३ खेलबाट ९ अंक जोडेर लिगको अन्त्य गरेको हो ।
 

प्रतिकृया दिनुहोस
ad