देश
काठमाडौं । ललितपुरको पुल्चोक क्षेत्रमा रहेको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राईका अनुसार साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ चोरी भएको थियो ।
उनले भने, “सेफ भेटिएको छ । फोडिएको छैन, अनुसन्धान थालेका छौं ।’’ पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६ १५:२७
प्रतिक्रिया दिनुहोस्