site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फ्रान्सविरुद्धको खेल आइसल्याण्डका राष्ट्रपति दर्शकसँगै बसेर हेर्ने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
एजेन्सी, पेरिस । फ्रान्समा जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबल अन्तर्गत क्वाटरफाइनलको खेलमा आइसल्याण्डका राष्ट्रपति गुड्नी जोहनासनले दर्शक बस्ने सिटमा बसेर आफ्नो राष्ट्रको खेल हेर्ने भएका छन् ।
 
फ्रान्स युरोकपमा नव प्रवेशी टोलि आइसल्याण्डले अन्तिम क्वाटरफाइनलको रुपमा आइतबार राती आयोजक फ्रान्सको सामना गर्दैछ । आइस्ल्याण्डका राष्ट्रपति जोहनासनले बुधबार सीएनएनसँग कुराकानी गर्दै आफ्नो राष्ट्रका खेलाडी तथा समर्थकको मनोबल बढाउन आफु भिआइपी कक्षमा नबस्ने बताएका हुन् ।
 
“म विश्वको जुनै स्थानमा गएर स्लो हृयाण्ड क्लाप सेलिब्रेसन गर्न सक्छु । म भिआइपी रुममा गएर मात्र हैन,” सीएनएनसँग कुरा गर्दै राष्ट्रपति जोहनासनले भनेका छन् , “होइन, म समर्थकहरुसँग उभिएर बस्नेछु । मेरो राष्ट्र आइसल्याण्डको जर्सी लगाउने छु ।”
 
त्यस्तै राष्ट्रपति जोहनासनले फ्रान्सलाई आफ्ना खेलाडीले आदर गर्ने तर खेलमा आइसल्याण्डलाई कमजोर नआक्न समेत भनेका छन् । राष्ट्रपति जोहनासनले थपे, “हामी फ्रान्सलाई रेस्पेक्ट गर्छौ तर यो हैन कि हामीलाई कमजोर ठान्नुस ।”
 
जारी युरोकपमा शनसनी प्रदर्शन गर्दै आएको आइसल्याण्डले छिमेकि राष्ट्र इंग्ल्यान्डलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । त्यसअघि समुह चरणमा पोर्चुगल र
हंगेरीलाई १ – १ गोलको बराबरीमा रोकेको आइसल्याण्डले अष्ट्रियालाई २–१ ले पराजित गरेको थियो ।
 
आइसल्याण्ड फ्रान्स युरोकप २०१६ मा सहभागी सबैभन्दा सानो मुलुक हो र पहिलो सहभागितामै क्वाटरफाइनलमा पुगेर सबैलाई चकित बनाएको छ । आइसल्याण्डको जनसङख्या मात्र ३ लाख ३२ हजार ५५९ छ । र, आइसल्याण्ड टोलीलाई समर्थन गर्न कुल जनसङख्याको ८ प्रतिशत जनता फ्रान्स आएका छन् ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७३  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC