site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सुरक्षित छैनन् सामाजिक सञ्जाल, फेसबुककै ट्वीटर र इन्स्टाग्राम अकाउन्ट ह्याक
Sarbottam CementSarbottam Cement

बीबीसी । फेसबुककै ट्वीटर र इन्स्टाग्राम अकाउन्ट ह्याक भएपछि सामाजिक सञ्जालमा साधारण मानिसहरुको सुरक्षालाई लिएर पुनः नयाँ विवाद सुरु भएको छ । 

ह्याकरहरुको एउटा समूहले केही समयका लागि फेसबुकको दुवै आधिकारिक अकाउन्ट नियन्त्रणमा लिँदै ‘फेसबुक समेत ह्याक गर्न सकिने रहेछ’ भनेर लेखेको हो । सबै अकाउन्ट अहिले फेसबुकले रिस्टोर गरिसकेको छ । 

‘आओर माइन’ नामक उक्त ह्याकर समूहले साइबर संवेदनशीलताबारे सबैलाई सचेत गराउन त्यस्तो गरेको स्वीकार गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यही समूहले गत महिना पनि अमेरिकी राष्ट्रिय फुटबल लिगका टिमको दर्जनौँ अकाउन्टहरु ह्याक गरेको थियो । 

त्यस्तै यसले फेसबुक र म्यासेन्जरको इन्स्टाग्राम अकाउन्ट पनि ह्याक गरि आफ्नो लोगो शेयर गरेको हो । 

Global Ime bank

फेसबुकको आफ्नो वेबसाइट भने ह्याक भएको थिएन । यस्तोमा सो समूहले फेसबुकको आधिकारिक ट्वीटर अकाउन्ट मार्फत, ट्वीटर भन्दा फेसबुकको सुरक्षा व्यवस्था राम्रो भएको भनि लेखेको छ । 

यता ट्वीटरले भने तेस्रो पार्टीमार्फत ह्याकिङ भएको स्वीकार गर्दै यसबारे खबर पाउनासाथ अकाउन्ट लक गराइ, सचेत गराएको बताएको हो ।  

ट्वीटरले आफ्नो आधिकारिक बयानमा भनेको छ, “हामीलाई सो अवस्थाबारे थाहा हुनेबित्तिकै हामीले ह्याक भएका अकाउन्ट लक गराएका हौँ र फेसबुकका पार्टनरहरुसँग यसलाई सामाधान गर्न नजिकी सहकार्य गरिरहेका छौँ ।”

यी अकाउन्टहरुको पहुँच तेस्रो पार्टी, खोरोजमार्फत पाउन सफल भएको बताइएको छ । 

यो एक मार्केटिङ प्लेटफर्म हो जसले सामाजिक सञ्जाल व्यवस्थापनको काम गर्दछ । 

तर बीबीसी सम्पर्कमा आउँदा भने खोरोजले कुनै प्रतिक्रिया दिएन । आओरमाइन चाहिँ दुबईस्थित ह्याकिङ समूह हो जसले हाइ प्रोफाइल व्यक्तित्व र कम्पनीहरुको अकाउन्ट ह्याक गर्ने गरेको छ । 

विगतमा पनि यसले ट्वीटरकै संस्थापक ज्याक डोर्सेको अकाउन्ट ह्याक गरि चर्चामा आएको थियो भने गुगलका प्रमुख सुन्दर पिचाइ अनि नेटफ्लिक्स र इएसपीएनलाई पनि निशाना बनाइसकेको छ । 

सो समूहले सामाजिक सञ्जाल कति असुरक्षित छ भन्ने देखाउन खोजेको र पीडीतहरुलाई आफ्ना सुरक्षा सेवाहरु प्रयोग गर्न सुझाव दिने गरेको छ । 

यसरी सामाजिक सञ्जाल पछिल्लो समय व्यक्तिगत जानकारी लिक हुनेदेखि फेक न्युजलगायत थुप्रै कारणले असुरक्षित, विवादित र आलोचित बन्दै गएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC