site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माइतीघरमा तरुण दलको प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले आज (आइतबार) पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । मातृ पार्टीको निर्देशनबमोजिम कांग्रेसका भ्रातृ संगठनहरूले नेपाल तरुण दलको संयोजनमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । 

उपसभापतिसमेत रहेका पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेस संसद र सडकबाट एकसाथ आन्दोलन गरिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गत बुधबार अख्तियारले ललितानिवास जग्गा प्रकरणमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूलाई उन्मुक्ति दिएर पूर्वाग्रहपूर्ण रूपमा गच्छदारविरुद्ध मुद्दा दायर गरेको दाबी गर्दै कांग्रेस असन्तुष्ट छ । 

कांग्रेसका भ्रातृ संगठनहरूले अख्तियारले विभेद गरेको भन्दै माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म सरकार र अख्तियारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि आयोजित कोणसभालाई नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, कोषाध्यक्ष विद्वान् गुरुङ र नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष राजीव ढुंगानाले सम्बोधन गरेका थिए ।

Global Ime bank

तस्बिरहरु : सुनील प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC