site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

 

मासुको भाउ बढाउन अण्डा र चल्ला मार्ने नेपाल ह्याचरी उद्योग संघका पदाधिकारीले कुखुराको मासु भारतबाट तस्करी हुनथालेको पनि पक्कै थाहा पाएका होलान् । गएको मंसिर २९ देखि एक साता कुखुराका चल्ला मारे भने कोरल्ने बेलाका फुल नष्ट गरे । त्यतिमात्र उत्पादित चल्लाको समेत विक्री वितरण बन्द गराए । ह्याचरी उद्योग संघका पदाधिकारीको यस अदूरदर्शी व्यवहारबाट एक करोड २० लाख किलो कुखुराको मासु उत्पादन कम भएको सरकारी अनुमान छ । त्यसरी बजारमा कृत्रिम अभाव उत्पन्न गराएलगत्तै कुखुराको मासुको भाउ बढाउन थालियो । अहिले बजारमा पुसको पहिलो साताभन्दा कुखुराको मासुको भाउ करिब दोब्बर बढेको छ । बजारमा मासुको अभाव भएर भाउ बढेपछि अहिले भारतबाट तस्करी गर्र्न थालिएको हुनुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हुनत, पशु कवारेन्टाइन कार्यालयले तस्करी गरिएका कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेको समाचार आएको छ । तर, नेपाली बजारमा भन्दा भारतमा कुखुराको मासु सस्तो हुँदासम्म  तस्करी रोक्न सकिँदैन भन्ने सबैले थाहा पाएकै छन् । अब सम्भवतः भारतबाट तस्करी भएर आउने कुखुराको मासुसँग नेपाली कुखुरा पालक किसानले प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ । नेपाल ह्याचरी उद्योग संघको कुखुराको चल्ला र फुल नष्ट गर्ने कार्यको निन्दा गर्दै बाह्रखरीले पुस २ गते लेखेको थियो — ‘‘ विगतमा जस्तै नेपालमा कुखुराको उत्पादन घटेका बेलामा आयातित मासुले बजार कब्जा गर्न सक्छ । त्यसपछि नेपालको कुखुरा पालन व्यवसाय बौरिनका लागि निकै समय लाग्नसक्छ ।’’

कालोबजार गर्न बीउ नै मास्ने अपराध ! 

अझै आयातित कुखुराको मासु विकल्प बनिसकेको नहोला तर ह्याचरी उद्योगका पदाधिकारीको यस्तै आत्मघाती मूर्खता जारी रहे छिटै नै नेपाली बजारबाट नेपाली कुखुराको मासु विस्थापित हुनसक्छ । 

Global Ime bank

नेपाल ह्याचरी उद्योग संघको कृत्रिम अभाव उत्पन्न गरी कुखुराको मासुको ‘कालोबजार’ गर्ने कार्यको मतियार नेपाल सरकार पनि बनेको छ । गैरकानुनीरूपमा करोडौं रुपियाँ बराबरको चल्ला र फुल नष्ट गर्दा तमासा हेरेर सरकार बसेको थियो । उति बेला कुखुराका चल्ला र फुल नष्ट गर्न नदिएको भए अहिले बजारमा कृत्रिम अभाव भएर भाउ बढ्ने थिएन । यसैगरी अहिले बजारमा मनपरी भाउ बढ्न दिएर नेपाल सरकार नेपालको कुखुरा पालनलाई सिध्याउने षड्यन्त्रको मतियार बन्न पुगेको छ । मिलेमतोमा आपूर्ति कम गरेर भाउ बढाउने प्रवृत्तिलाई रोक्न नसक्ने हो भने त्यसको दुष्परिणाम अन्ततः कुखुरा पालक किसानहरूले भोग्नुपर्नेछ ।

नेपाली बजारभन्दा भारतमा सस्तो भएपछि खुला आयात हुन नदिए तस्करी गरेरै पनि उपभोक्तासम्म सकेसम्म सस्तो भाउमा कुखुराको मासु आपूर्ति हुन्छ । त्यसको अस्वस्थकर पक्ष एकातिर छ तर चल्ला मारेर भाउ बढाउनेहरूले सरकारले त्यस्तो आयात रोकेर किसानको संरक्षण गरोस् भन्ने नैतिक अधिकारगुमाइसकेका छन् । केही समय प्रतिस्पर्धा गर्न नसकेपछि कुखुरा पालकहरू स्वतः पलायन हुन्छन् र कुखुराको मासुका आत्मनिर्भर मुलुक पुनः परनिर्भर हुनपुग्नेछ । सरकारलाई त भन्सारबाट पनि नाफा नै होला तर देशको अर्थतन्त्रले अर्को धक्का बेहोर्नुपर्नेछ । यसैले छिटै कुखुराको मासुको भाउ भारतीय बजारकै सरह बनाउनु नेपालका कुखुरा पालक किसानहरूको हितमा हुनेछ । नत्र, ह्याचरी उद्योग संघले चल्ला मारेर गरेको ‘पाप’को फल सबै कुखुरा पालकले बेहोर्नुपर्नेछ । सरकारले केही गर्दा भनेर त सायद चिताउन पनि पर्दैन । आफैँलाई नाफा वा घाटा नहुँदासम्म यस्ता समस्यामा शासकहरूलाई ‘छु मतलब !’   

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC