site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
प्रचण्ड पछि हटे, ओली निर्विकल्प प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

गएको साता नेपाली छापा माध्यममा दुई विषय सबैभन्दा चर्चित रहे – पहिलो थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूको मुटु नभएको भनेर टिप्पणी गरेपछि तिनै सम्पादकसँगको भेटघाट । दोस्रो चर्चित विषय रह्यो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास प्रकरणको जग्गाका विषयमा अदालतमा १७५ जना विरुद्ध दायर गरेको मुद्दा । 

सम्पादकहरूसँगको भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार प्रेस स्वतन्त्रता तथा जनताको मौलिक हकको संरक्षण र सम्बद्र्धन गर्न कटिबद्ध रहेको विश्वास दिलाए । स्वतन्त्रताको मूल्य कति धेरै हुन्छ भन्ने आफैँले भोगेर जानेको हुनाले कुनै पनि अवस्थामा प्रेस स्वतन्त्रताको अपहरण नहुनेमा उनले सम्पादकहरूलाई आश्वस्त बनाए । सम्पादकहरूले प्रधानमन्त्री ओलीको भनाइमा विश्वास गरेको देखियो । मंगलवार प्रधानमन्त्रीसँग भेटेका अधिकांश दैनिकका सम्पादकले बुधबार प्रधानमन्त्रीको भनाइलाई महत्त्व दिएर मुख्य समाचारै बनाए । 

कान्तिपुरका सम्पादक सुधीर शर्माले पहिलो पृष्ठमा आफैले ब्यानर समाचार लेखे जसको शीर्षक थियो – ‘प्रधानमन्त्रीको फेरिएको अवतार ।’ सम्पादक शर्माले प्रधानमन्त्री ओलीको विषयमा निकै सकारात्मक भएर प्रथम पुरुषमा नै समाचार (टिप्पणी) तयार पारे । उनका अनुसार साधारणतया अरुको कुरा सुन्न कम रुचाउने प्रधानमन्त्रीले करिब दुई दर्जन सम्पादकहरूका विचार र प्रश्न दुई घन्टासम्म सुने र एक घन्टा आफ्ना कुरा राखे । प्रधानमन्त्री ओलीले स्वतन्त्रताका लागि आफैँ ५५ वर्ष लडेको दृष्टान्त दिदै प्रेसको हक संकुचित नपार्ने बताएको र यसमा सम्पादक शर्मा विश्वस्त रहेको देखियो । साथै प्रधानमन्त्रीले सम्पादकहरूले उठाएका प्रश्नको उत्तर के कसरी दिए भन्ने विषयमा सम्पादक शर्माले विस्तृतमा वर्णन गरे । तर, प्रधानमन्त्रीले सम्पादकलाई सुने भन्नेबाहेक उनको अवतार नै फेरिएको पुष्टि हुने सो समाचार (टिप्पणी)मा अन्य कुरा लेखिएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

नागरिकका सम्पादक गुणराज लुइँटेलले पनि सो समाचार आफ्नै बाइलाइनमा लेखे । उनको शीर्षक थियो – ‘बाँकी तीन वर्ष मेरै सरकार ।’ नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो गर्ने विषयमा आफैँले अडान छाडेको हुनाले अब तीन वर्ष ओलीले नै शासन गर्ने विषयमा कुनै विवाद नरहेको भन्दै  लुइँटेलले समाचार बनाए । राजधानीका सम्पादक सागर पण्डितले पनि आफ्नै बाइलाइनमा समाचार बनाएर । उनले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध भएको विषयलाई महत्त्व दिए । प्रधानमन्त्रीले सम्पादकहरूको लगातारको बलिङको उत्तरमा आफूले एकपटक ब्याटिङ स्वरुप मुटु नभएका सम्पादक भनेर टिप्पणी गरेको भनेका विषयलाई पनि राजधानीले महत्त्वका साथ प्रकाशित गर्‍यो । अन्नपूर्ण पोस्टले सात कोलममा सो समाचार बनायो – ‘म तीन वर्षै प्रधानमन्त्री चलाउँछु,’ भन्ने शीर्षकमा । तर, पोस्टमा सम्पादकले आफ्नो बाईलाइनमा समाचार लेखेनन् । नयाँ पत्रिकाका सम्पादकले यस समाचारलाई तेस्रो पृष्ठमा प्रकाशित गरे । 

दाहालले अब प्रधानमन्त्रीको पदमा दाबी नगर्ने विषयलाई माघ २६ गतेको कान्तिपुरको मुख्य समाचारले पुनः पुष्टि गरेको छ । कान्तिपुरले आयोजना गरेको कान्तिपुर कन्क्लेभमा बोल्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “देश राम्ररी चले अब आफू प्रधानमन्त्री नभए पनि पुग्ने,” बताएको सो पत्रिकाले जनाएको छ । प्रथम पृष्ठको ६ कोलममा मुख्य समाचार बनाएको कान्तिपुरले दाहालको सरकारको दुई वर्षे कार्यकालबाट आफू सन्तुष्ट नभएको भनाइ पनि उल्लेख गरेको छ । उनले भने – ‘सरकारले समृद्धिको यात्रामा जाने प्रयास त गरेको छ । तर, जनताले जति तीव्र गतिमा विकास र राहत खोजेका थिए, त्यो नपाएझैँ भएको छ ।’

Global Ime bank

एक दाइ (सम्पादक)को खुलापत्र प्रधानमन्त्रीलाई 

माघ २६ गतेको नयाँ पत्रिकामा यसका प्रधान सम्पादक कृष्णज्वाला देवकोटाले प्रधानमन्त्रीलाई आफू एक दाइ भएको र देशले चीनको वुहानमा फसेकी आफ्नी बहिनीसहित १८० जनालाई उद्धार गर्न नसकेकोमा एउटा मार्मिक र व्यंग्यात्मक पत्र लेखेका छन् । सो पत्रमा देवकोटाले कसरी आफ्नी बहिनीको परिवार र अन्य नेपालीहरूले कोठाभित्रै थुनिएर खानेकुरा, पानी र अन्य अभाव सहेर बसिरहेका छन् भन्ने वर्णन गरेका छन् । यसबीचमा देवकोटा आफैँले सरकारका प्रवक्ता, परराष्ट्रमन्त्री तथा अन्य जिम्मेवार निकायसँग अनेक याचना गर्दा पनि सरकारले नेपालीलाई ल्याउन आलटाल गरिरहेको औंल्याएका छन् । प्रधानमन्त्रीलाई लेखिएको पत्रमा नेपालीलाई फिर्ता ल्याउँदा गोकर्णमा जस्तो वा सेक्युरिटी प्रेसमाजस्तो सेयर नपाउने भएको हुनाले बेवास्ता गरिएको आरोप पनि देवकोटाले लगाएका छन् । विगतमा प्रधानमन्त्रीले कहिले गायक, कहिले संगीतकार र कहिले कलाकारको अवतार लिएको तर प्रधानमन्त्रीको कार्य नगरेको इंगित गर्दै देवकोटाले कहिले प्रधानमन्त्री पनि हुन मिल्दैन ? भनेर प्रश्न गरेका छन् ।

ललिता निवास प्रकरणमा अख्तियारको मुद्दा

सरकारले बनाएको कार्यदलले दिएको प्रतिवेदनको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्री त्रय डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी तथा छविराज पन्त तथा पूर्व सचीव द्वय दीप बस्न्यात (जो अख्तियारका पूर्व प्रमुख आयुक्त पनि हुन्) तथा दिनेशहरि अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उल्लेखित उच्च पदस्थ व्यक्ति सहित १७५ व्यापारी, जग्गा मिलाउने व्यक्ति, सरकारी कर्मचारी तथा नक्कली मोही बनेका व्यक्तिविरुद्ध सो मुद्दा दायर भएको छ । तर, नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल तथा सर्वोच्चका न्यायाधीश कुमार रेग्मीलाई भने जग्गा फिर्ता गर्न तयार रहेको भन्ने बहानामा मुद्दा नचलाई उन्मुक्ति दिइएको छ । यस विषयमा भने ठूलो विवाद सुरु भएको छ । नेपाली कांग्रेसले तत्कालीन उपप्रधानमन्त्री गच्छदारविरुद्ध मुद्दा चलाउने तर त्यही निर्णयमा सही गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको विषयमा सदन अवरुद्ध गर्दै आन्दोलन सुरु गरेको छ ।

यस समाचारलाई बिहीबारका अधिकांश दैनिकले ब्यानर समाचार बनाए । शुक्रवारका पत्रिकामा भने दुई प्रकारका समाचार आए । नागरिकले ‘शक्तिशालीदेखि अख्तियार हच्कियो’ शीर्षकमा पौडेल र रेग्मीमाथि मुद्दा नचलाएको विषयलाई प्राथमिकता दियो । अन्नपूर्ण पोस्ट, राजधानी तथा कान्तिपुरले यस विषयमा किर्ते र ठगीमा पनि कारबाही अघि बढ्ने तथा मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानबिन हुने समाचार बनाए । गोरखापत्रले मुद्दा दर्तामा कुनै पूर्वाग्रह नभएको भनेर सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको स्पष्टीकरणमा विशेष जोड दियो । 

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC