site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वकपको बाटोमा नेपालको पहिलो जित :  नेपालद्वारा अमेरिका पराजित
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकालाई जितका लागि दिएको १९१ रनको लक्ष्य अमेरिकाले ४४ ओभर १ बलमा अल आउट हुँदै १५५ रन बनायो । अमेरिकाका लागि इयान होल्याण्डले अर्धशतकीय पारी खेले । 

Agni Group

१११ बल खेलेका उनले ७ चौकाको सहयोगमा ७५ रन बनाए । त्यस्तै क्यामरोनले १९ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले चार विकेट लिए । त्यस्तै सुशन भारी तीन विकेट तथा सन्दीप लामिछानेले दुई विकेट लिँदा कुशल मल्लले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो ।

Global Ime bank

नेपालका लागि कुशल मल्लले डेब्यू खेलमा नै विश्व र्कीतिमान बनाए । उनले नेपालकै खेलाडी रोहित कुमार पौडेलले बनाएको एकदिवसीय क्रिकेटमा सबै भन्दा सानो उमेरमा अर्धशतक बनाउने रेकर्ड तोडेका छन् । 
उनले अमेरिकाविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबै भन्दा सानो उमेरको खेलमाडीको रेकर्ड बनाएका छन् । १५ वर्षका कुशलले आफ्नो नाममा यो रेकर्ड कायम गरेका हुन् । यसअघि नेपालका रोहित कुमार पौडेलले यूएईविरुद्धको खेलमा ५८ बलमा ५५ रन बनाउँदै रेकर्ड बनाएका थिए । ४९ बल खेलेका उनले ४ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाए । 

नेपालका लागि विनोद भण्डारीले पनि अर्धशतकीय पारी खेले । ७९ बल खेलेका उनले ६ चौका र १  छक्काको सहयोगमा ५९ रन बनाएका हुन् । नेपालले पहिलो विकेटको रुसुवास खकुरेल ३ रनमा गुमाएको थियो । उनलाई रुष्टि थेरोनले क्याच आउट गराएका हुन् । नेपालका ओपनरमा आएका कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । उनलाई क्यामरोन स्टिभसनले क्याच आउट गराएका थिए । 

नेपालका लागि पारस खड्का १९ रन बनाएर आउट भए । उनलाई क्यामरोन स्टिभसनले क्याच आउट गराएका थिए । नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र सिंह ऐरी रन नबनाएरै आउट भए । नेपालका आरिफ शेख पनि रन नबनाएरै आउट भए । आरिफलाई अमेरिकाका कप्तान सौरव नेत्रभालकरले क्याच आउट गराएका थिए । 

नेपालका लागि सुशन भारीले ९ र अविनास बोहोराले ५ रन बनाए  ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC