site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपाली कांग्रेसले बालुवाटार जग्गा हिनामिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना नेताविरुद्ध मुद्दा दायर गरेको विरोधमा सदन र सडक दुवैतिर विरोध प्रकट गरेको छ । संसद्का बैठकहरू अवरुद्ध गरिएको छ भने सडकमा पनि भातृ संस्थाहरूले विरोध प्रदर्शन गरेका छन् । बालुवाटारको सरकारी जमिन हिनामिना गर्न संलग्न रहेको भन्दै सयजना भन्दा बढीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । तिनमा कांग्रेसका एक जना उपसभापतिलाई पनि तत्कालीन विभागीय मन्त्रीका नाताले हिनामिनामा संलग्न रहेको भन्दै प्रतिवादी बनाइएको छ । साथै, विवादास्पद जग्गा खरिद गर्ने अरू सबैमाथि मुद्दा चलाइए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवका छोरा र सर्वोच्च अदालतका एक जना न्यायाधीशलाई अख्तियारले उन्मुक्ति दिएको छ । सम्भवतः नेपाली कांग्रेसलाई अख्तियारको यो तजबिजी निर्णयले पनि मर्माहत बनाएको हो । यही निर्णयले अख्तियारको छवि सत्तारुढ दलको लाचार छायाजस्तो बन्न पुगेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयमा प्रतिशोध र पूर्वाग्रह देखिएको यो पहिलो पटक भने होइन ।  अख्तियारको निर्णय र व्यवहारमा यसअघि पनि धेरैपटक प्रश्न उठिसकेको हो । यद्यपि, राजनीतिक दलहरूले आफ्ना नेता कार्यकर्ता विवादमा परे वा विपक्षीलाई जोगाउन खोजेमात्र विरोध गर्ने गरेका छन् । खोट भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचना र ऐनमै छ । तर, नेपाली कांग्रेसले त्यसतर्फ अहिलेसम्म प्रश्न गरेको सुनिएको छैन । अभियुक्तमाथि नै प्रमाणको भार बोकाउने गरी प्राकृतिक न्यायको सिद्धान्तविपरीतको कानुन हालका कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छँदा नै बनाइएको हो । यसपटकको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयले केही सैद्धान्तिक र धेरै व्यवहारगत सवालहरू उत्पन्न गरेको छ । यसैले प्रमुख विपक्षी दलले ती विषयहरू जनतामाझ उठाउनु र सुधारका लागि दबाब दिनु अनुचित पनि होइन । परन्तु, विरोधको रणनीति अपनाउँदा बालुवाटारको जग्गा हिनामिनाको मुद्दा अदालतमा विचाराधीन भएको बिर्सन मिल्दैन । 

नेपाली कांग्रेसले मन्त्रिपरिषद्ले गरेको एउटै निर्णय प्रधानमन्त्रीका हकमा नीतिगत ठहरिने तर सोही निर्णयमा मन्त्रीले भ्रष्टाचार गरेको मानेर कारबाही हुने विडम्बनाको विरोध गरेको छ । यसैगरी सत्तारुढ दलका महासचिवका छोरा र सर्वोच्च अदालतका बहालवाला न्यायाधीशले ‘जग्गा फिर्ता गर्छु भनेकाले’ मुद्दा चलाउन नपर्ने भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘हास्यास्पद’ तजबिजी निर्णयको पनि कांग्रेसले विरोध गरेको छ । यी दुवै विषय सडक वा सदनको विरोध र दबाबबाट सल्टिँदैनन् । यसका लागि या त सर्वोच्च अदालतले मन्त्रिपरिषद्को ‘नीतिगत निर्णय’ र अख्तियारको तजबिजी अधिकार क्षेत्रको व्याख्या गर्नुपर्छ नभए संसद्ले ऐन नै संशोधन गरेर टुंगाउनुपर्छ । यसैले संसद् अवरुद्ध वा सडक आन्दोलन गर्ने कार्य नगरेर नेपाली कांग्रेसले कानुनी उपचार खोज्ने र जनतासमक्ष आफ्नो पक्ष राख्ने रणनीति अपनाउनु उचित हुनेछ । अहिलेको सडक र सदन आन्दोलन कांग्रेसकै लागि प्रत्युत्पादक हुने देखिन्छ ।    
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC