site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रेडियो नाटकजस्तो सेल्फी किङ
Sarbottam CementSarbottam Cement

नयाँ बसपार्कस्थित लोत्से महलको आईएनआई सिनेमाजमा चलचित्र ‘सेल्फी किङ’को बुधबार प्रिमियर थियो । प्रिमियर सुरु हुनु अगाडि रेडकार्पेट थियो । रेडकार्पेटमा केही कलाकारहरू चलचित्रलाई अग्रिम शुभकामना दिइरहेका थिए । चलचित्र टिमले शुभकामना लिएरहेको थियो प्रायः हास्य कलाकारको । डार्क कमेडी चलचित्र निर्देशक प्रदीप भट्टराईलाई पनि शुभकामनाका शब्द राखिदिन उद्घोषकले आग्रह गरे ।  नरम स्वाभावका उनले शुभकामनाका शब्द त पस्किए नै साथै चिसिएको नेपाली चलचित्रको बजारलाई ‘सेल्फी किङ’ले तताउने अपेक्षा पनि गरे । प्रदीपको अपेक्षा पूरा हुन्छ अथवा हुँदैन आइतबार हलमा पुग्ने दर्शकको सङ्ख्याले सङ्केत गर्नेछ । 

तर चलचित्र कस्तो छ ? 

चलचित्र ‘सेल्फी किङ’ टेलिभिजन कमेडियनको तीन दिनको यात्राको कथा हो । काठमाडौंदेखि सोलुखुम्बुको सल्लेरीमा हुने एक सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन जाँदादेखि फर्किँदासम्म तीन दिनको कथा हो । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रका मुख्य पात्र सेल्फी किङ (विपिन कार्की) मार्फत निर्देशक विशाल सापकोटाले कथा भनेका छन् । सेल्फी किङ टेलिभिजनमार्फत दर्शकमाझ देखिन्छन् । उनकी आमा छोरालाई टेलिभिजनमा हेरिरहेको देखिन्छ । बुबा भने झिँजो मान्छन् । आमाले जबरजस्ती हेर्न आग्रह गर्छिन् । स्क्रिनमा देखेका छोरालाई हेर्दाहेर्दै बुबा हास्न थाल्छन् । हास्दाहास्दै नाकबाट रगत बग्छ । डाक्टरले ब्रेन स्टोक भएको बताउँछन् । अप्रेसन गर्ने निर्णय हुन्छ । तर सेल्फी किङ पहिला नै वचन दिइसकेको सल्लेरीको सांस्कृतिक कार्यक्रममा जान्छन् । त्यहीँबाट सुरु हुन्छ चलचित्रको कथा ।

समयले गति लिन्छ तर चलचित्रले गति लिँदैन । चलचित्रको पहिलो हाफमा चलचित्र धिमा चल्छ । सेल्फी किङ चलचित्रका स्टार हुन् । यात्रामा यात्रु भेटिन्छन् उनलाई नचिन्ने एउटा पनि व्यक्ति पनि हुँदैन । के युवा, के वृद्ध के महिला सबैले चिन्छन् । सेल्फी खिच्नेको लाइन लाग्छ । होटलदेखि ट्वाइलेटसम्म । लिफ्टदेखि कार्यक्रमको स्टेजसम्म । 

Global Ime bank

उनको समाजमा इज्जत छ । मान–सम्मान छ, प्रतिष्ठा छ । तर घरमा आमाबाहेक कसैसँग राम्रो सम्बन्ध छैन । तनाव छ, रक्सी पिइरहन्छन् । शौचालयदेखि स्टेजसम्म उनले रक्सी  छाड्दैनन् । 

किन ?

निर्देशकले स्थापित गर्न सकेका छैनन् । पीए (सहयोगी) राख्न सक्छन् तर घरमा एउटा सामान्य पानी तान्ने पम्प राख्न सक्दैनन् । 

किन ? कारण स्पष्ट पार्न निर्देशकले आवश्यक नै ठानेका छैनन् ।  श्रीमतीसँग राम्रो सम्बन्ध छैन । तर किन ? कथा चुक्छ । 

सेल्फी किङ स्टार कलाकार हुन् । तर उनलाई गाडीमा बोलाएर अरूलाई हवाइजहाजबाट बोलाउँछन्, किन ? सेल्फी किङको स्टारडम प्रस्तुत गरिएको छ, तर पोस्टरमा उनकै तस्बिर सबैभन्दा सानो छ, किन ? सेल्फी किङले असन्तुष्टि जनाउँछन् । तर किन ? चलचित्रमा कतै पनि स्पष्ट हुँदैन ।

कार्यक्रम सुरु भइसक्यो । तर स्टेजमै सेल्फी किङसहितका पफमर रक्सीमा डुब्छन् । के त्यति धेरै गैरजिम्मेवार हुन्छन्, कलाकार ? 

अभिनेतामा स्थापित भइसकेको कलाकारलाई गायकका रूपमा प्रस्तुत गरेर कति जिवन्त बनाउन सकिन्छ कलाकारलाई । राजेश (विनय श्रेष्ठ) का ठाउँमा नयाँ अनुहारलाई निर्देशकले नछान्नु पनि अर्को गलत निर्णय हो । 

बुबा र छोराको सम्बन्ध स्थापित गर्न सुरुमै चुकेका निर्देशकले सेल्फी किङ (विपिन) लाई यति धेरै बोल्न लगाउँछन् । डाइलगमाथि डाइलग । दर्शकका कान टट्टाउँछन् । तर उनी बोल्न छाड्दैनन् । लाग्छ ‘सेल्फी किङ’ चलचित्र होइन रेडियो नाटक हो । उनले बोलेका कुरा दर्शकले भिजोलाइज गरेर बुझ्नुपर्छ । नायक यति हाबी हुन्छन्, चलचित्रमा निर्देशक भेटिँदैनन् । नायकले निर्देशकलाई थिचेर उपस्थिति शून्य बनाइदिएका छन् । 

चलचित्र युनिटले भन्नलाई कमेडियनको कथा भनेर प्रचार गरेको थियो । तर चलचित्रमा सेल्फी किङ कमेडियन हुन् भनेर कतै पनि निर्देशकले स्थापित गरेका छैनन् । न चलचित्र सुरु हुँदा पर्दाभित्र देखिने टेलिभिजनमा उनको कमेडी देखिन्छ, न पूरै चलचित्र भित्र नै । पात्रले गरेको मेकअप र ड्रेसअपकै भरमा कमेडियन भनेर विश्वास गरिदिनुपर्ने ? पर्दामा हेर्दा कमेडियनको होइन ‘जँड्याहा’ को कथा भन्ने बुझिन्छ । 
निर्देशकले पात्र स्थापित नगरी देखाइदिएको बिछोडको क्लाइमेक्सले मन छुँदैन । अस्पतालमै बिरामी छाडेर हिँडेपछि दर्शकले चलचित्रको क्लाइमेक्स त्यहीबेला थाहा पाइसक्छन् । कथामा सस्पेन्स क्रिएट गर्न नसक्दा चलचित्र ‘ओपन सेक्रेट’ छ ।

निर्देशक कथा लेख्न चुके, एकपटक देखाइसकेको दृश्यलाई फेरि सुनाउँछन् । चलचित्र भिजुअल ल्याङ्ग्वेज हो भन्ने नै बिर्सिएका छन् । पर्दामा आफूलाई देखाउन चुकेका छन् । प्रमुख पात्रलाई छाडा छाड्दा अरू कलाकार आवश्यकताभन्दा धेरै छायामा पारे । 

तर, निर्देशक विशालले ठाउँ–ठाउँमा क्यामेरा वर्कमा राम्रो काम गरेका छन् । केही सिनले मन शीतल बनाउँछ । पूर्वी पहाड पनि चलचित्र छायांकनका लागि उत्तम गन्तव्य हो भनेर देखाइ दिएका पनि छन् ।

नेपाली चलचित्र जति स्क्रिप्टमा कमजोर देखिन्छन्, त्यति नै साउन्डमा पनि । तर विशाल साउन्डमा भने सचेत देखिएका छन् । केही ठाउँमा उनले साउन्डमा लोभलाग्दो काम गरेका छन् । हलिउड चलचित्रमा प्रयोग हुने साउन्ड उनले ‘सेल्फी किङ’मा राखेका छन् । केही ठाउँमा हाम्रै मौलिक साउन्ड राखेका छन् । साउन्डमा विशाल प्रशंसाका पात्र हुन् । तर समग्र चलचित्रका लागि भने उनलाई प्रशंसाको शब्द खर्चिन सकिँदैन । 

‘सबभन्दा पहिला फिल्म प्राविधिक हिसाब र विषयमै राम्रो हुनुपर्छ । सबभन्दा ठूलो कुरा त्यो सिर्जनशील हुनुपर्छ । दर्शकको मनलाई छुने हुनुपर्छ’, भन्ने ताइवानी अभिनेता चाङ चेनका यो वाक्यलाई निर्देशकले सुरुमै मनन् गर्नुपर्थ्यो । तर गरेको देखिएन ।      

० ० ०

चलचित्र : सेल्फी किङ
निर्देशक : विशाल सापकोटा 
कलाकार : विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC