site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
नेपाल विद्युत प्राधिकरणले बिजुलीको शुल्क बढाएको छ । २० युनिटभन्दा कम प्रयोग गर्ने बाहेक अन्य सबैका लागि यो शुल्क करिब २० प्रतिशतले बढेको छ । गतवर्ष देखिनै शुल्क बढाउन लागिपरेको प्राधिकरणलाई सर्वोच्चको आदेशले रोकेर राखेको थियो । अहिले अदालतले शुल्क बढाउन रोक नलगाएकोले साउनदेखि लागू हुनेगरी शुल्क बढेको छ ।
 
२०६७ सालमा प्राधिकरणको २७ अर्बको घाटा सरकारले अपलेखन (घाटा मानेर त्यसको हिसाब गर्न छाड्नु) गरेपश्चात पुनः घाटा २७ अर्बको हाराहारीमा पुगेको बेला प्राधिकरणले शुल्क बढाएको छ । यो बढेको शुल्कले प्राधिकरणलाई वर्षमा करिब ५ अर्ब आम्दानी बढ्ने भए पनि प्राधिकरण आफँै नाफामा जाने अवस्था देखिँदैन ।
 
अहिले पनि प्राधिकरणले ४० प्रतिशतसम्म वृद्धिको माग गरेको थियो तर विद्युत महशुल आयोगले २० प्रतिशतमात्र बढाउन स्विकृत दिएको थियो । वास्तवमा एकैपल्ट ४० प्रतिशत वृद्धि भएको भए राजनीतिक रुपमा पनि विरोध थेग्न सरकारलाई गाह्रै हुन्थ्यो ।
प्राधिकरणले बिजुलीको महशुल बढाएको विषयमा ठूलो राजनीति हुने सम्भावना कमै देखिन्छ किनभने विद्युत महशुलको मूल्य समायोजन हुनुपर्ने अवस्था आईसकेको थियो ।
 
सरकारलाई यस्तो मूल्य वृद्धिमा अप्ठेरो पार्ने अधिकांश दल हाल सरकारमा नै भएको हुनाले पनि यो मूल्यवृद्धिले ठूलो विरोध सहनु नपर्ला । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यो अवस्थामा मूल्यवृद्धिको धेरै ठूलो विरोध गर्ने अवस्था देखिँदैन । तथापि राजनीतिक बर्चस्व कायम राख्न यस्ता मूल्य विरोधलाई उपयोग गर्ने सम्भावना भने छँदैछ ।
जनताका लागि बिजुलीको मूल्यवृद्धिभन्दा बिजुलीको उपलब्धता अत्यन्त महत्वपूर्ण विषय भएको छ । हुनेखाने वर्गले जेनेरेटर र ईन्भर्टर प्रयोग गरेर अहिले पनि बिजुलीका लागि धेरैपैसा तिर्दै आएका छन् । तर आर्थिक अवस्था नाजुक भएका ग्राहकका लागि भने मूल्य वृद्धिले केही असर अवश्य पार्ने देखिन्छ ।
 
हुनत २० युनिट भन्दा कम चलाउनेका लागि यो मूल्य वृद्धिले सहयोग नै गरेता पनि त्यो वर्ग निकै कम छन् । मध्यम वर्गका र सिमित आय हुने व्यक्तिले २० देखि ५० युनिट चलाउनैपर्ने अवस्था हुन्छ । यो समूहलाई प्रति युनिट रु. सात देखि साढे आठसम्म गरिएको छ, जुन अलि बढी हो । यो समूह भन्दा माथिका लागि बिजुलीको मूल्य वृद्धि सहन त्यति गाह्रो पर्दैन भन्ने आँकलन गर्न सकिन्छ ।
प्राधिकरणले मूल्य वृद्धि गर्दा सधै चुहावट र चोरीका विषय अघि बढेर आउँछन् । चुहावट र चोरीबाट वर्षेनी प्राधिकरणले २७ प्रतिशत घाटा व्यहोरेको छ । यस्तो चुहावटमा प्राविधिक रुपमा १७ प्रतिशत र चोरीबाट १० प्रतिशत हुने प्राधिकरणको आफ्नै अनुमान छ । यो चुहावट नियन्त्रण गर्न नसक्नु प्राधिकरणको मुख्य कमजोरी हो । प्राधिकरणले ग्राहकले तिरेको मूल्य बाहेक अन्य क्षेत्रबाट पनि राम्रै आम्दानी गर्दछ, त्यस क्षेत्रमा पनि कसरी आर्थिक उपार्जन बढी गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनु जरुरी देखिन्छ । मूल्य बृद्धिसँगै ग्राहकले के सुविधा पाउँछन् त्यस विषयमा पनि प्राधिकरणले केही बोल्न सक्ने वातावरण सिर्जना गर्नुपर्दथ्यो, जसले गर्दा ग्राहकले बढी मूल्य तिर्दा पनि केही राहत महशुस गरुन् । 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७३  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC