site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णय सच्याउन तरुण दलको माग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक पूर्वाग्रह र व्यक्तिगत रिसइवी राखि दुषित निर्णय गरेको उल्लेख गर्दै सच्याउन माग गरेको छ । 

नेपाल तरुणका अध्यक्ष जितजंग बस्‍नेतले बिहीबार एक विज्ञप्ति जारी गर्दै अख्तियारले बालुवाटारस्थित ललिता निवासको १३६ रोपनी सरकारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोध राखि बद्‌नियत ढंगले लगाइएको भ्रष्टाचार आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विज्ञप्तिमा भनिएको छ, "तत्लकाीन सरकारका प्रमुखहरु नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र तत्कालीन सरकारका मुख्य सचिव लिलामणी पौडेललाई कम्युनिस्टको छहारीभित्र राखि नेपाली कांग्रेस भएकै कारण असम्बन्धित मन्त्रालयका तत्कालीन मन्त्री विजयकुमार गच्छदारलाई कम्युनिस्ट अधिनायकवाद उन्मुख ओली सरकारको निर्देशन र योजनामा अख्तियारले लगाएको आरोप खेदपूर्ण छ ।" 

जग्गा खरिद गर्ने मुख्य मतियार विष्णु पौडेललाई उन्मुक्ति दिने र राजनीतिक प्रतिशोध लिएर अरुलाई फसाउने योजनाको तरुण दलले भर्त्सना गरेको छ । 

Global Ime bank

अख्तियारले बुधबार कांग्रेस उपसभापति विजय गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC