site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालको विश्वकप लक्ष्यमा सुरुवाती बाधक ओमान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्कम एकदिवसीय सिरिजमा नेपाल ओमानसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपालले ओभर बलमा विकेट गुमाउँदै रन बनायो । नेपालका लागि शरद भेषवाकरले अर्धशतकीय पारी खेले । १०८ बल खेलेका उनले ८ चौकाको सहयोगमा ५५ रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३६ रन बनाउँदा सन्दीप लामिछानेले २८ र विनोद भण्डारीले २६ रन बनाए । 

नेपालले ओपनरमा आएका कप्तान ज्ञानेन्द्र मल्ला र पारस खड्कालाई सुरुआती समयमै गुमाएको थियो । कप्तान ज्ञानेन्द्र १ रन बनाएर आउट भए भने पारसले ३ रन बनाए । नेपालका लागि रोहित कुमार पौड्ले रन नबनाएर आउट भए भने आरिफ शेख ६ रन बनाएर आउट भएका थिए । यसअघि टस बादल सिंहलाई ५ रनमा क्याच आउट गराएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि सुशन भारीले व्यक्तिगत तेस्रो विकेट लिएका थिए । उनले ३४ ओभरको चौथो बलमा आफ्नो व्यक्तिगत तेस्रो विकेट लिएका थिए । सुशनले सन्दीप गाउडलाई ३३ रन बनाएका स्टम्पिङ आउट भएका हुन् । सुशनले एकै ओभरमा दुई विकेट लिएका थिए । १९ ओभर बलिङ गर्न आएका नेपालका ओभरको चौथो र अन्तिम बलमा दुई विकेट लिएका थिए ।  

Global Ime bank

सुशनले चौथो बलमा ओमानका कप्तान जिशन मक्सोदलाई एलबीडब्लु आउट गराएका हुन् । त्यस्तै अन्तिम बलमा उनले सुरज कुमारलाई क्याच आउट गराए । यसअभि ओमानका अक्विब ल्यस रन आउट भएका थिए । उनी अबिनाश बोहोराको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् । 

ल्यबले ओमानका लागि १६ रन बनाएका थिए । कीर्तिपुरस्थित त्रिवि मैदानमा सातौं ओभर बलिङ गर्न आएका करण केसीले खवार अलीलाई क्याच आउट गराएका थिए । अली ५ रन बनाएर आउट भए । करणले नै खेलको पहिलो ओभरमा बलिङ गर्न आएका उनले जितेन्द्र सिंहलाई ५ रनमा आउट गराएका थिए । उनले जतिन्द्ररलाई बोल्ड आउट गराएका हुन् ।

तस्बिर : सुनिल प्रधान

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC